मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका हेटौडा
२०७६ जेठ ३१ शुक्रबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार

नेवा राज्य बनाउँछु भन्नेले गुठी नै भत्काउन थाले – प्रदीप पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका हेटौडा
२०७६ जेठ ३१ शुक्रबार १८:३४:००

कांग्रेस नेता प्रदीप पौडेलले नेवा राज्य बनाउँछु भन्दै हिड्ने दलले नै गुठी भत्काउन थालेको आरोप लगाएका छन् । हेटौंडामा शुक्रबार पत्रकारसँगको भेटमा पौडेलले गुलिया सपना देखाएर तितो व्यवहार गर्ने नेताबाट जनता आजित भएको बताए । 

गणतन्त्र ल्याउन ठूलो योगदान गरेका राजधानीका नेवार समुदायको भावनमा गम्भीर ठेस पुर्‍याउँदै सरकारले गुठी विधेयक ल्याएको टिप्पणी गरे । गुठी विधेयकले प्राचीन संस्कृति तथा सम्पदामा गम्भीर हमला गर्ने भएकाले तत्काल फिर्ता लिन उनले ध्यानाकर्षण गराए । 

‘सरकारको गलत रवैयाका कारण वर्तमान संविधानमै बुहसंख्यकको अनास्था उत्पन्न हुने चिन्ता बढेको छ,’ नेता पाैडेलले भने, ‘सांस्कृतिक क्षेत्रमा अनावश्यक हस्तक्षेप नगर्न चुनौती दिन चाहन्छु ।’ बेग्लै प्रसंगमा पौडेलले बलियो भनिएको दुई तिहाईको सरकार निरन्तर निरिह हुँदै गएको टिप्पणी गरे । उनले भने, ‘यातायात भाडा वृद्धिको निर्णयमा पाँच घण्टा पनि टिक्न नसक्ने सरकारबाट जनताले आशा गर्ने ठाउँ छैन ।’

बजेट भाषण लगत्तै अत्यावश्यक वस्तुमा अचाक्ली मूल्य वृद्धि भएको भन्दै उनले “समृद्ध नेपाल सुखी नेपाली” को नारा घन्काउने सरकारले जनतालाई पाइला पाइलमा आहत पारेको आरोप लगाए ।