मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३१ शुक्रबार १७:१७:००
Read Time : < 1 मिनेट
समाचार

बलात्कारकाे आराेपमा १३ वर्षीय बालक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३१ शुक्रबार १७:१७:००

सप्तरीमा पाँच वर्षीय बालिका बलात्कार गरेकाे आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । मामाघरमा बस्दै आएका बालकले बालिकालाई बिस्कुट दिएर आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको प्रहरीले जानकारी दिएकाे छ ।

बालिकाले पेट दुख्ने भनेपछि उनकी आमाले उपचार गर्न सोमबार कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा लगेकी थिइन् । अस्पतालका चिकित्सकले जाँच गर्दा बलात्कारको शङ्का लागि प्रहरीलाई खबर गरेका थिए ।

चिकित्सकले खबर गरेलगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा गराएको जानकारी दिए । आरोपितविरुद्धको उजुरी दर्ता गर्दै बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ मिश्राले जानकारी दिएका छन् ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को उपदफा २ को (ग)अनुसार जबर्जस्ती करणीकाे उजुरी दर्ता गरी कारवाही थालिएको प्रहरीले जनाएको छ । रासस