मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी  मुम्बइ
२०७६ जेठ ३१ शुक्रबार ११:२३:००
Read Time : < 1 मिनेट
सप्तरंग

यौन दुर्व्यवहार मुद्दामा नाना पाटेकरलाई सफाई दिएपछि तनुश्री दत्ताले भनिन् : भ्रष्ट प्रहरीले झनै भ्रष्टलाई सघायो

Read Time : < 1 मिनेट
एजेन्सी  मुम्बइ
२०७६ जेठ ३१ शुक्रबार ११:२३:००

बलिउड अभिनेत्री तनुश्री दत्ताले अर्का चर्चित कलाकार नाना पाटेकरले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै मुम्बई प्रहरीमा उजुरी दिएकी थिइन् । तर प्रहरीले पर्याप्त प्रमाण नपुगेको भन्दै पाटेकरलाई बिहीबार सफाई दियो ।

त्यसपछि दत्ता रिसले चुर भएकी छन् । उनले भनिन्, ‘भ्रष्ट प्रहरी फोर्सले झनै भ्रष्ट व्यक्तिलाई सफाई दियो ।’ ३५ वर्षे अभिनेत्री दत्ताले १० वर्षअघि एउटा फिल्मको सेटमा पाटेकरले आफूलाई यौन दुर्व्यवहार गरेको र राजनीतिक पहुँचको दुरुपयोग गर्दै गुण्डा पठाएर धम्क्याएको आरोप लगाएकी थिइन् ।