मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ जेठ ३० बिहीबार १७:०४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

भिजुअल इफेक्ट्स र एनिमेसन सिक्दै युवा

Read Time : > 1 मिनेट
२०७६ जेठ ३० बिहीबार १७:०४:००

भिजुअल इफेक्ट्समा करिअर बनाउन चाहेका युवाहरू छन् । स्क्रिनमा हलिउड फिल्मका फुटेज हेरेर कसरी भिजुअल इफेक्ट्स प्रयोग गर्न सकिन्छ भनेर सिकिरहेका छन् । रगत, गोली, गाडीको तोडफोड आदि फिल्ममा कसरी देखाइन्छ भनेर फुटेजमा देखाइएको छ । सबै चाख मानेर हेरिरहेका छन् । यो दृश्य जमलस्थित आरआर श्री स्कुल अफ टेक्नोलोजीको हो । जहाँ ‘थ्री डी एनिमेसन एन्ड भिजुअल इफेक्ट्स’ शीर्षकमा सेमिनार चलिरहेको छ । भिजुअल इफेक्ट्स र एनिमेसनका अन्य शीर्षकमा पनि सेमिनार चलिरहेका छन् । 

०००

नेपालमा केही यस्ता स्टुडियो छन्, जसले हलिउड सिनेमाका काम गरिरहेका छन् । राम्रै कमाइसमेत गरिरहेका छन् । यस्तै सुनेर वा थाहा पाएर होला, युवा सेमिनार हलसम्म आइपुगेका । इन्जिनियरिङ या एमबिबिएस गरिरहेको हुनुपर्ने उमेरका उनीहरू रुचिसाथ कक्षा लिइरहेका छन् । आरआर श्री स्कुल अफ टेक्नोलोजीका कार्यक्रम व्यवस्थापक रमेशमान श्रेष्ठ भन्छन्, ‘अहिले भिजुअल इफेक्ट्समा करिअर राम्रो छ । काम पाउन गाह्रो छैन । त्यही भएर युवा आकर्षित भएका हुन् ।’

रमेशमान श्रेष्ठ भन्छन्, ‘अहिले भिजुअल इफेक्ट्समा करिअर राम्रो छ । त्यही भएर युवा आकर्षित भएका हुन् ।’

भिजुअल इफेक्ट्सका माध्यमले काम डिले भएकालाई चाँडो गर्न सकिन्छ र दृश्यलाई अझै सुन्दर बनाउन सकिन्छ । यद्यपि, नेपाली फिल्ममा भिजुअल इफेक्ट्सको राम्ररी प्रयोग भइरहेको छैन । सबै प्रविधि भएर पनि काम गर्न नसकिरहेका कुरा वेला–वेलामा बाहिर निस्कन्छ । नेपाली सिनेमामा जति पनि भिजुअल इफेक्ट्सका काम भएका छन् ती सेल्फ लर्निङको भरमा मात्र सम्भव भइरहेको कार्यक्रम व्यवस्थापक श्रेष्ठको बुझाइ छ । उनी भन्छन्,। असम्भव दृश्यलाई एउटा सिनेमामा उतार्ने काम गरिरहेका छौँ । यो पनि हाम्रो अनुभवका आधारमा मात्र सम्भव भएको हो । त्योबाहेक कहाँ भिजुअल इफेक्ट्स प्रयोग गर्न सक्छौँ भन्ने कुराको खोजी भएको छैन ।’

००० 

एकपटक चन्द्रागिरि हिल्सको विज्ञापनका लागि सबै कुरा तयार भइसकेको थियो । तर, अचानक बादल लागिदियो, थोरै अघिल्तिरको मान्छेलाई पनि देख्न नसकिने भयो । सुटिङ रद्द गर्नुपर्ने भयो । तर, हरिवंश आचार्य भोलिपल्टै अमेरिका जानुपर्ने थियो । उनले कन्ट्र्याक्ट पेपरमा साइन गरिसकेका थिए । उनले पैसा फिर्ता दिने मनसाय बनाइसकेका थिए । तर, सुटिङ भयो । कार्यक्रम व्यवस्थापक श्रेष्ठ भन्छन्, ‘हामीले भिजुअल इफेक्ट्सको माध्यमबाट काम ग¥यौँ । काम पनि भयो, खर्च पनि कम भयो ।’ भिजुअल इफेक्ट्सले फिल्ममा रियल संवादलाई पनि जस्ताको तस्तै उतार्न सकिने बताउँछन्, व्यवस्थापक श्रेष्ठ । भन्छन्, ‘त्यसले फिल्मलाई वास्तविक बनाउन सहयोग गर्छ ।’

००० 

नेपालमा भिजुअल इफेक्ट्सका लागि राम्रो सम्भावना रहेको, तर बजारमा चाहिएजति जनशक्ति नभएको कार्यक्रम व्यवस्थापक श्रेष्ठको कथन छ । त्यही भएर सम्भावना खोजीका लागि सेमिनारको आयोजना गरेको उनको भनाइ छ । भन्छन्, ‘दक्ष जनशक्तिको अभावले काम राम्रो गर्न सकिएको छैन । जसले गर्दा, गतिलो परिणाम पनि आउन सकिरहेको छैन ।’

००० 

आरआर श्री स्कुल अफ टेक्नोलोजीले एनिमेसन फिल्डमा लाग्न चाहने युवाका लागि काम गरिरहने प्रतिबद्धता कार्यक्रम व्यवस्थापक श्रेष्ठको छ । उनी भन्छन्, ‘अहिले नेपालमा एनिमेसनको प्रयोग बढिरहेको छ । विदेश गएर पनि यसमा करिअर बनाउन सकिन्छ ।’ भिजुअल इफेक्ट्सको राम्रो ज्ञान नभएकै कारण नेपाली निर्देशकले प्रोडक्सन फेजमा दुःख पाइरहेको विज्ञहरूको तर्क छ । भिजुअल इफेक्ट्स र एनिमेसनका कक्षा १५ महिनासम्म सञ्चालन हुने आयोजकको भनाइ छ ।