मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १६:५७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यस्तो हुनुपर्छ समर लुक्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १६:५७:००

मेकअप

  • गर्मी मौसममा ‘वाटरप्रुफ मेकअप’ गर्न आवश्यक छ । पानी र पसिनाका कारण नबिग्रिने किसिमले मेकअप गर्नुपर्छ । यसका लागि गाजल र मस्काराजस्ता मेकअपका सामान ‘वाटरपु्रफ’ प्रयोग गर्नुपर्छ । 
  • बाहिर हिँड्दा वा मेकअप गर्नुभन्दा अगाडि सनब्लक प्रयोग गर्नुपर्छ । त्यस्तै, घामबाट बच्न मोस्चराइजरको प्रयोग पनि गर्न सकिन्छ । 
  • लसकभर ‘हेभी मेकअप’ गर्नुहुँदैन । गर्मीमा पसिनाका कारण झन् धब्बा देखिने हुन सक्छ । जस्तै, आँखामा गाजलको  सट्टा हल्का आइस्याडो, वाटरप्रुफ वा म्याट मस्कारा लगाउन सकिन्छ । 

हेयर स्टाइल

  • गर्मीको मौसममा लामो कपाल पाल्दा झन्झटिलो हुन सक्छ । लामो समयसम्म बाँधेर हिँड्नुपर्ने भएकाले टुक्रिने डर हुन्छ । त्यसैले, लामो कपाल हुनेले बाहिर हिँड्दा हलुकासँग बाँध्ने र घरमा रहँदा खुल्लै छाड्ने गर्दा राम्रो हुन्छ । 
  • गर्मी याममा हावा चल्ने र धुवाँ–धुलो उड्ने भएकाले कपाल सुक्खा वा फुस्रो देखिन्छ । यसर्थ, स्टाइलिस कपाल रुचाउनेले छोटो कपाल अर्थात् ‘समर कट’ गर्दा बेस हुन्छ । यसले व्यवस्थापनमा सहजतासँगै फेसनेबल देखाउनसमेत मद्दत गर्छ ।

पहिरन

  • गर्मीमा धेरै पसिना आउने हुन्छ । त्यसैले, पोलिस्टरको कपडा लगाउनुहुँदैन । यसो गर्दा, पसिनाको दुष्प्रभावबाट केही हदसम्म बच्न सकिन्छ । बरु, सुतीको कपडा लगाएमा उत्तम हुन्छ ।
  • ‘स्टाइलिस’ देखिने नाममा टाइट लुगा लगाउनुहुँदैन । यतिवेला खुला पहिरन लगाँउदा सजिलो हुनुका साथै गर्मीबाटसमेत बच्न सघाउ पुग्छ । 
  • लरंगीन कपडा लगाउनुहुँदैन । जस्तै, एकदमै रातो र कालो रङको कपडाले झनै बढी गर्मी हुन्छ । बरु, सेतो, हलुका नीलो, पिंक कपडाले ‘कुल’ देखाउन मद्दत गर्छ । 
  • घाममा हिँड्दा छाला डढ्ने भएकाले लामो बाहुला भएका हलुका लुगा लगाउनु ठीक हुन्छ । यस्ता लुगाले ‘ट्रेन्डी’समेत देखिन्छ ।