मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १६:२२:००
Read Time : < 1 मिनेट
समाचार

'करारमा कर्मचारी नियुक्ति नगर्नु'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १६:२२:००

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले करारमा कर्मचारी नियुक्ति नगर्न सरकारलाई सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'लोकसेवा आयोगले गर्न लागेको कर्मचारी भर्ना प्रक्रिया अदालतमा पुगेकाले त्यसको निर्णय सबैले मान्नुपर्छ ।'

नेता पौडेलले निष्पक्ष र स्वतन्त्र ढङ्गले कर्मचारी छनोट गर्ने प्रक्रिया लोकसेवाले गर्न पाउनु पर्नेमा जोड दिँदै राज्य व्यवस्था तथा सुशासन समितिले करारमा नियुक्ति गर्न दिनुपर्ने निर्णय गलत भएकाे बताए । भेटमा उनले पार्टीको महाधिवेशन समयमा गर्न पहिलेदेखि नै आग्रह गरेकाे बताएका थिए ।

भारतमा एस जयशंकर विदेशमन्त्री नियुक्त भएको बारेमा सोधिएको प्रश्नमा नेता पौडेलले नेपाल स्वतन्त्र राष्ट्र रहेको र हामीले आफ्नो निर्णय आफै गर्न सक्ने भएकाले कुनै असर नपर्ने धारणा राखे ।