१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ३० बिहीबार १५:५०:००
Read Time : < 1 मिनेट
सप्तरंग

मुम्बई पुग्दा दिशासँग पाँच सय थियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ३० बिहीबार १५:५०:००

बलिउड अभिनेत्री दिशा पटानी बोल्ड सिनका कारण चर्चामा आइरहन्छिन् । हाल दिशा र सलमान खान अभिनित फिल्म भारत रिलिज भइरहेको छ । दिशा १३ जुनमा आफ्नो जन्मदिन मनाउँदै छिन् । 

दिशाले बलिउडमा सुशान्तसिंह राजपुतका साथ ‘एमएस धोनी’ फिल्मबाट डेब्यु गरेकी थिइन् । सो फिल्ममा उनको भूमिका छोटो थियो । तर, उनी दर्शकको ध्यान तान्न सफल भइन् ।

दिशाले बलिउड प्रवेश गर्न निकै संघर्ष गरेकी थिइन् । उनले एक अन्तर्वार्तामा अभिनयका लागि आफूले पढाइ छाडेको बताएकी छिन् । मुम्बई आउँदा दिशासँग पाँच सय भारु थियो । उनले भनेकी छिन्, ‘म एक्लै रहन्थेँ र काम गर्थें । तर, कहिल्यै पनि परिवारको सहयोग मागिनँ ।’

बलिउडभन्दा पहिला उनी तेलगू फिल्म ‘लोफर’मा दखिएकी थिइन् । सो फिल्मपछि उनले म्युजिक भिडियो गरिन् । त्यसपछि मात्र उनको बलिउड यात्रा सुरु भयो ।