Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
ज्ञानु पंगेनी नवलपुर
२०७६ जेठ ३० बिहीबार १५:२१:००
Read Time : < 1 मिनेट
समाचार

जंगली च्याउ खाँदा एकै परिवारमा ३ को मृत्यु, २ घाइते 

Read Time : < 1 मिनेट
ज्ञानु पंगेनी नवलपुर
२०७६ जेठ ३० बिहीबार १५:२१:००

नवलपुरमा जंगली च्याउ खाँदा एकै परिवारका तीन दिदी बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईन्द्र बहादुर सिंह ठकुरीका छोरीहरु १३ वर्षकी निरुता, ८ वर्षकी निर्मला र ४ वर्षकी विष्णु रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

च्याउ खाएर बिरामी भएका निरुताको टिचिङ्ग अस्पताल र दुई जनाको भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइते भएका ठकुरीका श्रीमती धनकुमारी र अर्की १० वर्षीय छोरी निशाको अवस्था गम्भिर भएको मृतकका आफन्त सुमन मल्ल ठकुरीले जानकारी दिए ।

सुमनका अनुसार ८१ वर्षीय प्रेम बहादुर सिंह ठकुरी, ३० वर्षीय दान कुमारी सिंह, ४५ वर्षीय पूर्ण सिंह खाम्चा र १५ वर्षीय बिमला खाम्चा ४० वर्षीय चन्द्री खाम्चा र ७ वर्षका बालक घाइते रहेका छन् ।