मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १५:३१:००
Read Time : < 1 मिनेट
सप्तरंग

रिल लाइफमा पनि पतिपत्नी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १५:३१:००

दीपिका पादुकोण र रणवीर सिंह कबिर खानको निर्देशनमा बन्न लागेको फिल्म ‘८३’ मा देखिँदै छन् । भारतीय क्रिकेट टिम सन् १९८३ को विश्वकप क्रिकेट च्याम्पियन भएको थियो । फिल्म यही विषयमा केन्द्रित छ । दीपिका र रणवीर फिल्ममा पति–पत्नीको भूमिकामा छन् । ‘रियल लाइफ’मा पति–पत्नी भएपछि उनीहरू दुवैले सँगै अभिनय गरेको यो पहिलो फिल्म हो । तर, यो नै उनीहरू दुवैले अभिनय गरेको पहिलो फिल्म भने होइन । 

रणवीर भने यस फिल्ममा खुसी छन् । किनकि, यो फिल्ममा उनको जोडी न टाढा हुनेछिन्, न त त मर्ने नै छिन् । दीपिकाको फोटोमाथि रणवीरले कमेन्ट गर्दै लेखेका छन्, ‘यसपटक हामी मर्नेछैनौँ ।’ साथै, उनले आफ्नी श्रीमतीको भूमिका दीपिकाभन्दा अरूले निभाउन नसक्ने उल्लेख गरेका छन् । 

यो जोडी पहिलोपटक सञ्जयलीला भन्सालीको फिल्म रामलीलामा देखिएको थियो । यसपछि उनीहरू कैयौँ फिल्ममा देखिए, जसले बक्स अफिसमा राम्रो कमाइ गरे । यो सूचीमा बाजीराव मस्तानी, पद्मावत् जस्ता फिल्म छन् । उनीहरूको फिल्म ‘८३’ १० अप्रिलमा रिलिज हुँदै छ ।