मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १५:२२:००
Read Time : < 1 मिनेट
नयाँCity

६ महिना व्यस्त छु : प्रमोद खरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३० बिहीबार १५:२२:००

अहिले निकै व्यस्त छु । कम्तीमा ६ महिनालाई ‘प्याक’ छु । केही गीत रेकर्ड गर्नु छ । पहिला नभ्याएर रोकिइरहेका गीत पनि रेकर्ड गर्नु छ । देशविदेशमा हुने स्टेज कार्यक्रमको तालिका पनि छ । 

म नभ्याउँदाखेरि स्पष्ट भन्ने गर्छु । एक हप्तामा काम दिन्छु भनेर दुई महिना झुलाउने गर्दिनँ । बरु छिटै दिने कोसिस गर्छु । मसँग काम गर्नेहरूले मेरो व्यस्त तालिका देखिरहेका हुन्छन् । काठमाडौंमा हुँदा काम गरेकै हुन्छु । नभ्याउने रैछ भने भ्याउँदिनँ पनि भन्छु ।

दिनमा यति नै गीत रेकर्ड गर्छु भन्ने छैन । कहिले एउटा पनि हुँदैन । कहिले तीन–चारवटा गीत रेकर्ड हुन्छ । भेट्न चाहनेलाई भेटिहाल्न भ्याइँदैन । तर, म्यासेज र च्याटमा सम्पर्क गर्न सकिन्छ । प्रविधिले अहिले सजिलो बनाएको छ । पहिला म्यासेन्जरमा कुरा गरेर अनि कार्यक्रम तय भयो भने भेट्छु ।

गर्मीमा स्टेज कार्यक्रम खासै हुँदैन । त्यसकारण अलि फुर्सद हुन्छ । मंसिरदेखि चैतसम्म बढी कार्यक्रम हुन्छ । त्यसकारण अहिले कम व्यस्त छु । स्टुडियोमा हुने व्यस्तता भने बढी छ ।