मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मानदत्त रावल जुम्ला
२०७६ जेठ ३० बिहीबार १४:१०:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव नेतृत्वका इन्चार्ज पक्राउ 

Read Time : < 1 मिनेट
मानदत्त रावल जुम्ला
२०७६ जेठ ३० बिहीबार १४:१०:००

नेत्र विक्रम चन्द विप्लव नेतृत्व समुहका जिल्ला इन्र्चाजलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय चन्द्रवीर तिरुवा (रविकरण) रहेका छन् । उनलाई प्रहरीले बुधबार राति सिञ्जा गाउँपालिका – २ चुलेलगाउँबाट पक्राउ गरेको हो । 

राति घरमा सुतीरहेका तिरुवालाई प्रहरीले विनाकारण पक्राउ गरेको आफन्तले आरोप लगाएका छन् । 

प्रहरी नायव उपरीक्षक सिताराम रिजालका अनुसार तिरुवालाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको हो । तिरुवालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए । जिल्लामा हिंसात्मक गतिविधि हुन सक्ने आशंकामा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रिजालले बताए । 

यस अघि रविकरण काठमाडौंको सुन्धाराबाट पक्राउ भई २४ दिन टेकु हिरासत र १२ दिन केन्द्रीय कारागारमा बसेका हुन् । जिल्ला अदालत काठमाडौंबाठ उनी ६० हजार धरौटी तिरेर रिहा भएका थिए ।