१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी लन्डन
२०७६ जेठ ३० बिहीबार १३:३५:००
Read Time : < 1 मिनेट
खेलकुद

मेसी सर्वाधिक कमाउने फुटबलर

Read Time : < 1 मिनेट
एजेन्सी लन्डन
२०७६ जेठ ३० बिहीबार १३:३५:००

चर्चित म्याग्जिन फोर्ब्सले सर्वाधिक कमाउने फुटबलरको सूची सार्वजनिक गर्दा बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसी शीर्ष स्थानमा छन् । उनले सन् २०१८/१९ को सिजनमा एक सय २७ मिलियन डलर आर्जन गरेको फोर्ब्सले जनाएको छ । नेपाली रकमअनुसार मेसी गत वर्ष मात्र १४ अर्ब १२ करोड रुपैयाँ आम्दानी गर्न सफल भए । 

शीर्ष तीनमा फुटबलर
सर्वाधिक कमाउने खेलाडीको शीर्ष तीनमा पहिलोपटक फुटबल खेलाडीले पकड बनाएका छन् । पोर्चुगलका युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले एक सय नौ मिलियन डलर (१२ अर्ब १० करोड नेपाली रुपैयाँ) आर्जन गर्दै दोस्रोस्थान रक्षा गरेका छन् । एक सय पाँच मिलियन डलर आर्जन गरेका ब्राजिलका पिएसजी स्टार नेमार जुनियर तेस्रो स्थानमा रहे । फोब्र्सले गत जुनदेखि एक वर्षको अवधिमा जितेको पुरस्कार, तलब र प्रायोजन जोडेर सूची प्रकाशन गर्ने गरेको छ । सूचीमा बास्केटबलका ३५, अमेरिकी फुटबलका १९, बेसबलका १३, फुटबलका १२ खेलाडी अटाएका छन् । त्यस्तै, गल्फ र टेनिसका समान पाँच खेलाडी सूचीमा पर्न सफल भएका छन् ।

सेरेना एक मात्र महिला
सूचीमा एक मात्र महिला खेलाडीका रूपमा टेनिसकी सेरेना विलियम्स परेकी छिन् । उनी ६३औँ स्थानमा छिन् । उनको २९.२ मिलियन डलर आम्दानी रहेको छ । त्यस्तै, पुरुषतर्फ रोजर फेडेरर ९३.४ मिलियन डलरसहित पाँचौँ स्थानमा छन् । सर्वाधिक कमाउने खेलाडीमा अघिल्लोपटक २२ देशका खेलाडीले शिर्ष सयमा स्थान बनाएका थिए।