मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी लन्डन
२०७६ जेठ ३० बिहीबार १३:३२:००
Read Time : < 1 मिनेट
खेलकुद

विश्वकपका अपराजित टोली भिड्दै

Read Time : < 1 मिनेट
एजेन्सी लन्डन
२०७६ जेठ ३० बिहीबार १३:३२:००

१२औँ विश्वकप क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका भारत र न्युजिल्यान्ड बिहीबार एक–अर्काविरुद्ध मैदानमा उत्रँदै छन् । लगातार दुई खेलमा जित निकालेको भारत र तीन खेलमा अपराजित न्युजिल्यान्ड आआफ्नो निरन्तर जितयात्रालाई कायम राख्ने प्रयासमा छन् । भारतले दक्षिण अफ्रिका र अस्ट्रेलियालाई हराएको थियो । तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी अफगानिस्तान, श्रीलंका र बंगलादेशलाई पराजित गर्दै न्युजिल्यान्ड शीर्ष स्थानमा छ ।

विश्वकपमा आठौँपटक भिड्दै 
विश्वकपमा भारत र न्युजिल्यान्डले सातपटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गरिसकेका छन् । न्युजिल्यान्डले चार जित निकाल्दा भारतले तीन खेलमा जित निकालेको  छ । विश्वकप इतिहासमा न्युजिल्यान्ड केही बलियो देखिए पनि पछिल्लो नतिजालाई हेर्दा दुवैको सम्भावना बराबरी नै छ । विश्वकपअघिको अभ्यास खेलमा भारतलाई पराजित गरेकाले न्युजिल्यान्ड केही आत्मविश्वासी बनेको छ । त्यसपछि पनि निरन्तर जितले न्युजिल्यान्ड यसपटक केही राम्रो लयमा हुनेछ । न्युजिल्यान्ड आफूअनुकूल इंग्लिस पिचको फाइदा उठाउँदै पहिलो बलियो टोलीविरुद्ध जितका लागि मैदानमा हुनेछ ।

वर्षाको सम्भावना
भारत र न्युजिल्यान्डबीचको खेल ट्रेन्ट ब्रिजमा हुँदै छ । तीन दिनदेखि यहाँ लगातार वर्षा भइरहेको छ । बिहीबार पनि वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । त्यसैले मैदानको अवस्था हेरेर भारतले एक अतिरिक्त तीव्र गतिका बलरलाई टिममा मौका दिने सम्भावना छ ।

बोल्टको डर
भारतीय ब्याट्सम्यान राम्रो फर्ममा छन् । न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट भारतका लागि सर्वाधिक खतरनाक बन्न सक्नेछन् । इंग्ल्यान्डमा विश्वकपअघि भारतले खेलेका मैत्रीपूर्ण खेलमा बोल्ट निकै राम्रो लयमा देखिएका थिए । उनले चार विकेट लिँदै भारतविरुद्ध न्युजिल्यान्डलाई सहज जित दिलाएका थिए । त्यसैले न्युजिल्यान्ड फेरि एकपटक बोल्ट चल्नेमा विश्वस्त छ ।