१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ जेठ ३० बिहीबार १३:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मोटरसाइकल दुर्घटनामा घाइते भएका वडा सदस्यको उपचारका क्रममा मृत्यु

Read Time : < 1 मिनेट
२०७६ जेठ ३० बिहीबार १३:२४:००

मोटरसाइकल दुर्घटनाबाट घाइते भएका वडा सदस्यको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार बिहान दुर्घटनाबाट गम्भीर घाइते भएका जयपृथ्वी नगरपालिका-७ का वडा सदस्य नरबहादुर महरको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको हो ।

मृतक महर से१व ११७७ नम्बरको मोटर साइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए । मोटर साइकल दुर्घटनाबाट महरको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।  उनको उपचार गर्ने क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जयपृथ्वी नगरपालिका-७ सुवेडामा मोटर साइकल सिक्ने क्रममा  दुर्घटना भएको ट्राफिक प्रहरी मोहन चन्दले बताए । उनले भने 'मोटर साइकल सडकबाट झण्डै २० मिटर तल खसेको थियो ।'