डेभिड वार्नरले एक बालकलाई दिए आफूले पाएको ‘प्लेयर अफ दि म्याच अवार्ड’

२०७६ जेठ ३० बिहीबार १२:४८:००

अस्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नरले आफूले पाएको ‘प्लेयर अफ दि म्याच अवार्ड’ एक फुच्चे फ्यानलाई दिएका छन् । विश्वकप क्रिकेट २०१९ अन्तर्गत पाकिस्तानविरुद्धको बुधबारको खेलमा सतक बनाएका उनी ‘प्लेयर अफ दि म्याच’ बनेका थिए । 

वार्नरले एक सय ११ बलमा एक सय ७ रन बनाएका थिए । वार्नरको सतकीय पारीसँगै अस्ट्रेलियाले ३ सय ७ रन बनाएको थियो, उक्त खेलमा अस्ट्रेलिया ४१ रनले विजयी भएको थियो । 

सम्बन्धित समाचार