मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ जेठ ३० बिहीबार ०८:२४:००
Read Time : < 1 मिनेट
अर्थ

रिद्धिसिद्धि सिमेन्टको उत्पादन सुरु

Read Time : < 1 मिनेट
२०७६ जेठ ३० बिहीबार ०८:२४:००

हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताले स्थापना गरेको रिद्धिसिद्धि सिमेन्ट उद्योगले उत्पादन सुरु गरेको छ । १० अर्ब ५० लाख लागतमा स्थापना गरिएको उद्योगले प्रथम चरणमा दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको छ । उद्योगले आगामी केही महिनाभित्रै कुल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने दाबी गरेको छ । 

उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ (चुनढुंगा) मकवानपुरको कैलाश गाउ“पालिकाको राक्सिराङ, भीमफेदी गाउँपालिकाको निबुवाटार, चितवनको शक्तिखोर र उदयपुरको खानीबाट दैनिक १० हजार टन चुनढुंगा संकलन गर्दै आएकोे उद्योगले जनाएको छ ।

उद्योगबाट उत्पादित सिमेन्ट हाल काठमाडौं, विराटनगर, झापा, जनकपुर, पोखरा र हेटौँडामा वितरण भइरहेको क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले जानकारी दिए । उनले व्यवस्थापनले युरेपेली प्रविधि र रोबोर्ट प्रयोगबाट गुणस्तरीय उत्पादन गरिरहेको बताए । उद्योगको सेल्स एन्ड मार्केटिङका जनरल म्यानेजर मुकुन्द घिमिरे गुणस्तरमा कुनै कन्जुस्याइँ नगरेको दाबी गरे । उनले अरू कुनै उद्योगसँग प्रतिस्पर्धाभन्दा पनि आफ्नो उद्योग राम्रो बनाउने उद्देश्य लिएको बतए ।