मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार १६:२३:००
Read Time : < 1 मिनेट
समाचार

बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार १६:२३:००

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी आर्थिक वर्षबाट गोरखाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउन सुरु गर्ने स्पष्ट पारेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले २०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा भूकम्प स्मारक बनाउने काम आगामी आर्थिक वर्षबाट सुरु गर्ने गरी बजेटको व्यवस्था गरिएको जानकारी दिएका हुन् । बुधबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले त्यसका लागि आवश्यक पानी, बाटो, पाटीपौवालगायतका पूर्वाधार निर्माणको कामलाई हाल प्राधिकरणले तीब्रता दिईरहेको पनि स्पष्ट पारे । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पानीको स्रोतको व्यवस्थापनमा कठिनाई भएकाले पनि सो पार्क निर्माणको कामलाई अघि बढाउन ढिलाई भएको स्पष्ट पारे ।

प्राधिकरणले भूमिहिनहरुको पुननिर्माणको कामलाई अघि बढाउन २ लाख नगद वा उनीहरुले चाहेको ठाउँमा जग्गाको लालपूर्जा उपलब्ध गराउने काम पनि अघि बढाइएको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूमिहिनलाई जग्गा उपलब्ध गराएर पुनर्निर्माणको काम अघि बढाउन आवश्यक कार्यविधि तय गरिएको र त्यसलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । प्राधिकरणका अनुसार हालसम्म ८ सय जनाले पुनर्निर्माणका लागि जग्गा उपलब्ध गराउन माग गर्दै प्राधिकरणमा उजुरी दिएका छन् ।

ज्ञवालीले प्राचिन मौलिकता नहराउने गरी सम्पदाहरुको पुनर्निर्माणको काम अघि बढाएको दाबी गरे । उनले २ वर्ष भित्र धरहरा पुननिर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको समितिलाई जानकारी गराए ।