मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी  लखनऊ 
२०७६ जेठ २९ बुधबार १३:४६:००
Read Time : < 1 मिनेट
विश्व

भारतीय रेलवे प्रहरीले पत्रकारलाई कुटपिटपछि मुखमा पिसाब गरिदिए

Read Time : < 1 मिनेट
एजेन्सी  लखनऊ 
२०७६ जेठ २९ बुधबार १३:४६:००

उत्तर प्रदेशको शामलीमा समाचार संकलन गर्न पुगेका एक पत्रकारमाथि हातपात भएको छ ।

रेलवेको ढिलासुस्तीको समाचार संकलन गर्न गएका एक निजी न्युज च्यानल न्युज–२४ का स्ट्रिंगर अमित शर्मालाई रेलवे प्रहरी कर्मचारीले बेस्मारी कुटपिट गरेका हुन् ।  

अमितले आफ्नो मोबाइलबाट फुटेज लिइरहेको बेला पुलिस इन्सपेक्टर राकेश कुमार र जवान सञ्जय पवारले  मंगलबार उनको मोबाइल खोसेर कुटपिट गरेका हुन् । रातभर थानामा बन्द उनी साथी पत्रकारको धर्नापछि बुधबार बिहान मुक्त भएका छन् ।  

‘उनीहरु सादा पोशाकमा थिए । मेरो मोबाइल खोसे । गाली, कुटपिट गरे र हिरासतमा बन्द गरिदिए । उनीहरुले मेरो मुखमा पिसाबसमेत गरे,’ पत्रकार अमित शर्माले भने । 

पत्रकार कुटपिट मामिलाको भिडियो भाइरल भएपछि उत्तर प्रदेश प्रहरीका डीजीपी ओपी सिंहले इन्सपेक्टर राकेश कुमार र जवान सञ्जय पवारलाई निलम्बित गरेका छन् ।