मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १९ सोमबार
  • Monday, 01 June, 2020
एजेन्सी  इङल्याण्ड
२०७६ जेठ २९ बुधबार १३:२८:००
खेलकुद

शिखर धवनको स्थानमा रिषभ पन्त विश्वकप टोलीमा

एजेन्सी  इङल्याण्ड
२०७६ जेठ २९ बुधबार १३:२८:००

भारतीय ओपनर ब्याट्सम्यान शिखर धवन चोटग्रस्त भएपछि विश्वकप क्रिकेट २०१९ को भारतीय टोलीमा रिषभ पन्तले स्थान पाउने भएका छन् । यसअघि नै १५ सदस्यीय भारतीय टोलीमा रिषभ पन्त नपरेकोमा भारतीय टिमका चयनकर्ताको आलोचना भएको थियो । 

अस्ट्रेलियाविरुद्धको खेलमा सतक जोडेका भारतीय ओपनर शिखर धवन औला भाँचिएका कारण तीन साता क्रिकेट खेल्न नसक्ने भएका छन् । अस्ट्रेलियाविरुद्धको खेलकै दौरान ब्याटिङ गर्दा औला भाचिएपछि उनको साटो फिल्डिङका लागि रवीन्द्र जडेजा मैदानमा आएका थिए

अस्ट्रेलियाविरुद्धको खेलमा उनले १ सय ९ बलमा १ सय १७ रन जोडेका थिए । कम्तीमा तीन साता बाहिर बस्नुपर्ने भएपछि उनले पहिलो चरणका सबै खेल गुमाउने छन् ।

पहिलो चरणअन्तर्गत भारतले जुलाई २ मा बंगलादेशसँग अन्तिम खेल खेल्दैछ । यस्तोमा भारत अघिल्लो चरणमा बढे र चोट निको भएमात्र उनी विश्वकपमा फर्किन पाउने छन् ।