मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/सिन्ह्वा कम्पाला
२०७६ जेठ २९ बुधबार १३:१८:००
Read Time : < 1 मिनेट
विश्व

युगान्डामा इबोला देखियो

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा कम्पाला
२०७६ जेठ २९ बुधबार १३:१८:००

युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताएका छन् । 

छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रमण फेला परेको मन्त्री आसेङले बताए । 

कङ्गोमा इबोलाको संक्रमण व्यापक रुपमा फैलिएसँगै युगान्डामा सतर्कता अपनाइएको थियो ।

सन् २०१२ मा युगान्डामा इबोला र मारबर्ग भाइरस फैलिएको थियो । उक्त संक्रमणका कारण इबोलाबाट २० जना र मारबर्गबाट ९ जनाको ज्यान गएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाको ज्वरोबाट मानिसको मृत्यु हुने सम्भावना ५० देखि ८९ प्रतिशत रहन्छ ।