प्रतिष्ठित व्यावसायिक घराना आइएमई ग्रुपले नेपाली बजारमा अशोक लेल्यान्ड ब्रान्डका व्यावसायिक सवारीसाधन भित्र्याउन थालेको लामो समय भइसकेको छ । गु्रपमातहतको आइएमई मोटर्स प्रालिले सामान ढुवानी गर्ने ‘दोस्त’ सिरिजअन्तर्गतका न्यु दोस्त स्ट्रोङ, न्यु दोस्त लाइट र न्यु दोस्त प्लस तीन भेरिएन्टका गाडी नेपाली बजारमा उपलब्ध गराइरहेको छ । यसमध्ये दोस्त प्लस सर्वाधिक लोकप्रिय छ । यो गाडी १ हजार ५ सय सिसी क्षमतामा उपलब्ध छ । यो गाडी उत्कृष्ट पावर र टर्कका कारण जुनसुकै कठिन बाटोमा पनि सामान बोकेर गन्तव्यसम्म पुग्ने क्षमता राख्छ ।
१ हजार ५ सय सिसी क्षमताको यो सेग्मेन्टमा दोस्त प्लस उत्कृष्ट विकल्प हो । तीन वर्षको अवधिमा दोस्त सिरिजका गाडी ८ सय युनिटभन्दा बढी बिक्री भइसकेको आइएमई मोटर्सका सहायक प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले जानकारी दिए । ‘दोस्त सिरिजका गाडीले नेपालमा मालसामान ढुवानी गर्ने उत्कृष्ट साधनका रूपमा आप्mनो परिचय स्थापित गरेको छ,’ उनले भने ।
यो पिकअप चारवटा भेरिएन्टमा उपलब्ध छ । यसमा १५ इन्चको टायर प्रयोग गरिएको छ । गाडीलाई चालकमैत्री बनाइएको छ, जसकारण यात्राका दौरान थकान महसुस हुन पाउँदैन भने चालक सुरक्षाका लागि विशेष हिसाबले क्याबिनको डिजाइन गरिएको छ । चालकसहित क्याबिनमा थप एकजना बसेर आरामले यात्रा गर्न सकिन्छ ।
दोस्त प्लसलाई साना, मझौला तथा ठूला व्यवसाय गर्नेको रोजाइमा पर्न विभिन्न सुविधा थप गर्दै लगिएको भट्टराईले जानकारी दिए । ‘हामीले बजारमा उपलब्ध गराइरहेको दोस्त प्लसमा उत्कृष्ट पावर र पिकअप पाउन सकिन्छ,’ उनले भने । यसमा नयाँ एड्भान्स सस्पेन्सन राखिएको छ । जसकारण धेरै भारी बोकेर अप्ठ्यारो बाटोमा गाडी चलाउँदा पनि ड्राइभरलाई असहज महसुस हुँदैन । न्यूनतम टर्निङ रेडियस राखिएकाले घुम्तीहरूमा गाडी मोड्दा आफ्नै लेनभित्र रहन सकिन्छ ।
पावर स्टेरिङले ड्राइभिङलाई अझ सहज बनाएको छ ।
प्रमुख विशेषता
यो गाडीले १.५ टनसम्मको भारी बोकेर जुनसुकै बाटोमा दौडन सक्छ । औद्योगिक मेसिनरी, हार्डवेयर, स्टिल पाइप, सिमेन्ट, खाद्यान्न, काठलगायतका वस्तु ढुवानी गर्न यो गाडी उत्कृष्ट विकल्प हो ।
दोस्त प्लसको सामान बोक्ने पछाडिको भाग (डेक) प्रतिस्पर्धीको तुलनामा ठूलो छ । कम्पनीका अनुसार डेकको लम्बाइ २ हजार ६ सय ४५ एमएम, चौडाइ १ हजार ६ सय २० एमएम र उचाइ तीन सय ८० एमएम रहेको छ, जसकारण अन्यको तुलनामा यो गाडीमा १८ प्रतिशत बढी सामान ढुवानी गर्न सकिन्छ ।
उकालो चढ्दा वा ओरालो झर्दा ब्रेक लगाउँदा गाडी टक्क रोकिन्छ, घर्षण भएर गाडी परसम्म सर्दैन । चालकले कम बल प्रयोग गरेर नै प्रभावकारी ब्रेकिङ गर्न सक्छन् । गाडीमा लोड बढी भए ब्रेकको चाप बढी पर्ने र लोड कम भए ब्रेकको चाप पनि कम हुने गरी ब्रेकिङ प्रणाली जडान
गरिएको छ ।
गाडीमा १.५ लिटरको टर्बो चार्ज्ड डिजेल इन्जिन जडान गरिएको छ । जसले ६० पिएप पावर र १७० एनएम टर्क दिन्छ । निसान कम्पनीको इन्जिन जडान गरिएकाले बलियो र भरपर्दो छ । माइलेज पनि उत्कृष्ट पाउन सकिन्छ ।
सर्भिसिङ
कम्पनीले दोस्त प्लस खरिद गर्नेलाई २.५ वर्षसम्मको सर्भिसिङ निःशुल्क दिने जनाएको छ । यो अवधिमा प्रत्येक १० हजार किलोमिटरको अन्तरमा १० पटक सर्भिसिङ हुनेछ । यसक्रममा मोबिल, फिल्टर तथा तोकिएको अन्य पार्टपुर्जा निःशुल्क उपलब्ध गराइनेछ । देशभर रहेका १३ थ्रिएसमा यो सुविधा उपलब्ध छ ।
मूल्य
दोस्त प्लस एलएस सिबिसी
१९ लाख ८० हजार
दोस्त प्लस एफएसडी
२० लाख ५० हजार
दोस्त प्लस एलएस एचएसडी
२० लाख ८५ हजार
दोस्त प्लस एलएस स्टिल कन्टेनर
२१ लाख ५१ हजार