मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रंजन भण्डारी
२०७५ मङ्सिर २९ शनिबार ०९:३४:००
Read Time : > 1 मिनेट
प्रदेश

हत्या अभियोगमा एक महिला सहित तीन पक्राउ

Read Time : > 1 मिनेट
रंजन भण्डारी
२०७५ मङ्सिर २९ शनिबार ०९:३४:००

महोत्तरी/ महोत्तरीमा एक व्यक्तिको हत्या भएको ४८ घन्टा नवित्दै प्रहरीले एक महिला सहित तीनजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा औरही नगरपालिका वडा नं. २ फुलवरिया निवासी २२ वर्षीय जितनी देवी महतो, सोहि वडा निवासी २४ वर्षीया शुशिल सहनी र सोहि वडाको चेकपट टोल वस्ने २२ वर्षीय अनिल कुमार ठाकुर रहेका छन् । उनीहरुमाथी सोहि वडा निवासी ४० वर्षीय बेचु महतोको हत्या गरेको आरोप छ ।

कसरी भयो घटना ?

गत बुधवार स्थानिय रामराज ठाकुरको उखु बारीमा हत्या गरिएको अवस्थामा बेचु मण्डलको शव प्रहरीले फेला पारेको थियो ।  जिल्लाको औरही नगरपालिका वडा नं. २ फुलवरियाका ४० वर्षीय वेचु महतोको हत्या गरिएको अवस्थामा घर नजिकै रहेको उखुघारीमा शव फेला परेको थियो । शवको प्रारम्भिक अनुसन्धान गर्दा घाँटी र ढाडमा निलडाम देखिएको थियो ।  घिसारेका चोटहरु पनि देखिएको सोहि वेला प्रहरीले जनाएको थियो । हत्या भने मंगलवार मध्यराती भएको थियो।

घटनाको कारण यौन सम्बन्ध

जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी ईश्वर कार्कीले घटनाको मुख्य कारण यौन सम्बन्ध रहेको बताए । एसपी कार्कीका अनुसार आरोपी जितनी देवी महतो र शुशिल सहनीबीच अवैध यौन सम्बन्ध रहेको मंसिर २४ गते मृतक बेचु महतोले रंगेहात देखेका थिए । मृतक महतोले उनीहरुलाई यौन कृयाकलापमा लिप्त रहेकै समयमा समातेका थिए । 

मृतक महतोले  जितनी देवीले प्रयोग गर्दै आएको  मोबाइल तत्काल खोसेर उनीहरुको अवैध सम्बन्धबारे सबैलाई बताइदिने भनेर धम्क्याएको आरोपीले प्रहरीसमक्ष बयान दिएका छन् ।

सोहि निहुमा भोली पल्ट मंसिर २५ गते मंगलवार जितनी देवीलाई मृतक महतोले यौन प्रस्ताव राखेकोले आफुले त्याे कुरा शुशिललाई बताएको जितनीले प्रहरी समक्ष बयान दिएकी छन् । यता जितनीसंग कुरा भएपछि शुशिलले आफन्त  पर्ने अनिल ठाकुरसंग मिलि चेकपटमै साँझ मदिरा खाएका थिए । उनीहरुले त्यही समयमा योजना बनाइ मृतकलाई फोनमा भेट गर्न बोलाई हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बेचु महतोको हत्या शुशिलले घाँटी थिचेर गरेको प्रहरीको भनाई छ ।

प्रहरीले हाल जिल्ला अदालत महोत्तरीबाट अनुमति लिई आरोपीहरुसंग सोधपुछ जारी राखेको छ । यस घटनामा थप व्यक्तिहरुको समेत संलग्नता रहेको हुन सक्ने एसपी कार्कीले बताए । 

जितनी देवीका श्रीमान् काठमाडौंमा मजदुरी गर्दै आएका छन् । उनको एक सन्तान छन् । उनी गर्भवती समेत भएको जानकारी हुन आएपनि हालसम्म गर्भबारे आधिकारिक पुष्टी नभएको र अनुसन्धानकै क्रममा गर्भ जाँच गराईने प्रहरीको भनाई छ ।

यसरी पत्ता लागे आरोपी 

घटना पश्चात प्रहरीले विशेष टोली गठन गरि अनुसन्धान सुरु गरेको थियो । घटनाको प्रकृती र स्थानिय तथा सरोकारवालाहरुसंग घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा जितनी देवीबारे केहि कुरा बाहिरिएपछि प्रहरी उनीमाथी केन्द्रित भएको थियो ।

प्रहरीले तत्काल जितनी देवीलाई नियन्त्रणमा लिई सोधपुछ गरेपछि घटनाबारे यस्तो विवरण खुल्न गएको हो । प्रहरीले शुशिल सहनीलाई भारततर्फ भाग्दै गर्दा सिमा नाकाबाट पक्राउ गरेको हो भने अर्का अभियुक्त अनिल ठाकुरलाई सिन्धुली बजारबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

महोत्तरीमा चालु आर्थिक वर्षमा चार हत्या भएकोमा प्रहरीले चारै हत्याका आरोपीहरुलाई पत्ता लगाई अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।