मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ २९ बुधबार १०:५६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण फेल हुन्छ मिर्गौला

Read Time : < 1 मिनेट
२०७६ जेठ २९ बुधबार १०:५६:००

मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरेर टक्सिन अर्थात् विषाक्त वस्तुलाई पिसाबको माध्यमबाट बाहिर निकाल्नु हो । जसले रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ । कुनै कारणवश मिर्गौलाले रगत फिल्टर गर्न वा फोहर वस्तुलाई बाहिर निकाल्न नसकेमा फेल भएको मानिन्छ र जसलाई ‘एन्ड स्टेज रिनल डिजिज’ पनि भनिन्छ । मिर्गौला फेल हुनुका कारण यस्ता छन् ।

उच्च रक्तचाप
उच्च रक्तचाप मिर्गौला फेल हुनुको प्रमुख कारण हो । रक्तचापका कारण धमनीमा अत्यधिक दबाब पर्ने भएकाले मुटुका साथै मिर्गौलामा समेत असर पु¥याइरहेको हुन्छ । गलत खानपानले रक्तचाप बढाउने गर्छ, जसको सोझो असर मिर्गौलामा पर्छ । 

मधुमेह
अस्वस्थ जीवनशैली र गलत खानपानका कारण मधुमेहको समस्या बढ्दै गइरहेको छ । यदि, रोगीले मधुमेह नियन्त्रण गर्न सकेनन् भने शरीरमा अत्यधिक ग्लुकोज जम्मा हुन्छ । जसले गर्दा मिर्गौलाले रगत फिल्टर गर्न सक्दैन । फलस्वरूप मिर्गौलामा विशाक्त पदार्थ जम्मा भएर फेल हुने सम्भावना बढेर जान्छ । 
 
मिर्गौलामै समस्या
मिर्गौलासम्बन्धी अन्य विभिन्न समस्या पनि मिर्गौला फेल हुनुका कारण हुन् । मिर्गाैलामा हुने समस्या अर्थात् क्रोनिक किड्नी डिजिजले बिस्तारै यसको कार्य क्षमतामा ह्रास ल्याउँछ । त्यस्तै, पत्थरीका कारणसमेत मिर्गाैला फेल हुन सक्छ ।
  
वंशाणुगत गुण

मिर्गौला फेल हुनुको एउटा कारण वंशाणुगत गुण पनि हो । यदि, कुनै मानिसमा मिर्गौलासम्बन्धी समस्या छ भने उसको बच्चामा पनि मिर्गाैला फेल हुने सम्भावना रहन्छ ।

अन्य
तनावका कारण पैदा हुने हार्मोनले मिर्गाैलामा नोक्सानी पु-याउँछ । त्यस्तै, अस्वस्थ जीवनशैली तथा गतिहीन दिनचर्या भएको व्यक्तिमा टक्सिनको मात्रा बढ्ने गर्छ । मिर्गौलाले यस्ता टक्सिनलाई बाहिर निकाल्न पाउँदैन, जसकारण फेल हुने सम्भावना बढेर जान्छ । साथै, धूम्रपान र मध्यपान बढी सेवन गर्ने मानिसमा पनि मिर्गौलासम्बन्धी समस्या धेरै हुन्छ । 

प्रस्तुति :  मञ्जु टेलर