मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार ०९:३३:००
Read Time : < 1 मिनेट
सप्तरंग

साम्राज्ञीलाई पुष्पसँग काम गर्न सजिलो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार ०९:३३:००

साम्राज्ञीराज्यलक्ष्मी शाह अहिलेको चल्तीकी अभिनेत्री हुन् । उनलाई कामको खाँचो छैन । ‘ड्रिम्स’बाट डेब्यु गरेकी उनले लगातारजसो  नयाँ अभिनेतासँग स्क्रिन सेयर गरिन् । अहिले भने मंगलम र दाल भात तरकारी जस्ता सफल फिल्म दिइसकेका पुष्प खड्कासँग स्क्रिन सेयरको तयारीमा छिन् । उनीहरूको अभिनय रहेको फिल्म मारुनी आउँदै छ । 

यही सेरोफेरोमा साम्राज्ञीले पुष्पसँग काम गर्न पाउँदा एकदम सजिलो भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘न्यु कमरसँग काम गर्दा सिकाइरहनुपर्ने हुन्थ्यो । सिकाउन मलाई मन पनि पर्छ । तर, पुष्पसँग त्यस्तो स्थिति भएन ।’

उनले आफ्नो अपोजिटमा रहेकाको पनि भूमिका बलियो हुनुपर्ने बताइन् । त्यसकारण पुष्पसँग अप्ठ्यारा दृश्यमा काम गर्दासमेत एकदम सजिलो महसुस भएको बतएकी छिन् । तर, कति अप्ठ्यारो दृश्यलाई सजिलो गरी अभिनय गरेकी छिन् भन्ने कुरा दर्शकले फिल्म आएपछि नै थाहा पाउनेछन् ।