मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ २८ मंगलबार १९:३०:००
Read Time : < 1 मिनेट
समाचार

कर्णालीका मुख्यमन्त्रीलाई खेलौना कार उपहार 

Read Time : < 1 मिनेट
२०७६ जेठ २८ मंगलबार १९:३०:००

आर्थिक वर्ष सकिनै लाग्दा विकास बजेट रकमान्तर गरी गाडी किनेको भन्दै विवेकशील साझा पार्टीले कर्णालीका मुख्यमन्त्री महेनद्रबहादुर शाहीलाई खेलौना कार उपहार दिएको छ । सरकारले चालू आवकाे विकास बजेट रकमान्तर गरी ५४ वटा गाडी खरिद गरेकाे थियाे । त्यसकाे विराेद्ध गर्दै विवेकशील साझा पार्टीले खेलौना कार उपहार दिएको हो ।

पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दहालले प्रदेशका मन्त्रीमा विलासी गाडीको मोह बढेको भन्दै मंगलबार मुख्यमन्त्री शाहीलाई खेलौना गाडी प्रदान गरेका हुन् । ‘आधाभन्दा बढी जनसंख्या गरिबीको रेखामुनी रहेको प्रदेशमा मन्त्रीले विकास बजेट काटेर गाडी किनेका छन्’ उनले भने, ‘जनताको करबाट बिलासी जीवनको मोह मन्त्रीमा बढेको छ ।’ 

कर्णालीका बेरोजगार युवालाई सीप र क्षमता विकास गरेर रोजगारी सिर्जना गर्नुपर्ने माग विवेकशील पार्टीले गरेको छ । स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्ने, मेडिकल कलेज स्थापनाका लागि बजेट विनियोजन हुनुपर्ने, प्रदेशमा साना तथा मझौला उद्योग सञ्चालनमा ल्याउनुपर्ने, आर्थिक वर्षको अन्त्यमा मात्र विकास बजेट खर्च गर्ने परम्पराको अन्त्य गर्नु पर्ने भन्दै विवेकशीलले कर्णाली सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।