मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार ०७:१८:००
Read Time : < 1 मिनेट
सप्तरंग

दावालाई सम्मान  बलरामलाई पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार ०७:१८:००

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नेपाली गीत–संगीतका क्षेत्रमा अतुलनीय योगदान पु-याएबापत दार्जिलिङकी गायिका दावा ग्याल्मोलाई ‘प्रतिभा सम्मान’ले सम्मानित गरेको छ । त्यस्तै, निबन्ध तथा अनुवादका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत गोरखाका युवा लेखक तथा अनुवादक बलराम अधिकारीलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ ।

प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार वैरागी काइँलाले सम्मान तथा पुरस्कार प्रदान गरे । दावाले दोसल्ला, ताम्रपत्र र २० हजार राशिसहितको ‘प्रतिभा सम्मान’ पाइन् । बलरामले ताम्रपत्रसहित एक लाख रुपैयाँ पाए ।

साहित्यकार काइँलाले नेपाली भाषा, साहित्य, कला तथा संगीतका क्षेत्रमा दार्जिलिङको अतुलनीय योगदान रहेको बताए । उनले दावाजस्ती प्रभावशाली गायिका र युवा निबन्धकार तथा अनुवादक बलरामलाई बेलायतमा रहेको नेपाली वाङ्मयिक संस्थाले सही मूल्यांकन गरी सम्मान गरेको बताए ।