मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २८ मंगलबार १०:३४:००
Read Time : < 1 मिनेट
नयाँCity

नेवारी संस्कृति र खाना सम्झन्छु : रामप्रसाद खनाल

अमेरिकाबाट हेर्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २८ मंगलबार १०:३४:००

म १२ वर्षदेखि अमेरिकामा छु । काठमाडौंमा माया छ । पछिल्लो समय मलाई काठमाडौंको चिन्ता लाग्छ । यो कंक्रिटको सहर हो । अव्यवस्थित, अवैज्ञानिक ढंगले सहर विस्तार भइरहेको छ । हामीले यसलाई कसरी सुधार्ने, यहाँको बाटोघाटो, खानेपानी व्यवस्थापन, सुविधा कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता लाग्छ । 

अरू देशमा सयौँ वर्षपछिसम्मलाई सोचेर ‘टाउन प्लानिङ’ बनाइएको हुन्छ । तर, काठमाडौंका घरमा आगो लाग्दा दमकल आइहाल्ने ठाउँ छैन । कहीँ कतै घटना भए पुलिसको भ्यान आउने ठाउँ छैन । कोही मान्छे बिरामी भए एम्बुलेन्स आउने ठाउँ छैन । 

काठमाडौंमा देशका विभिन्न ठाउँबाट बसाइँ सरेर आएका मान्छेहरूको घनत्व छ । यहाँ फरक किसिमको परिबेश छ । संस्कृति र भाषामा विविधता छ । अझ काठमाडौंको विशुद्ध नेवारी संस्कृति र नेवारी खाना मलाई असाध्यै मन पर्छन् । पारखी नै हुँ । अमेरिका हुँदा खुब सम्झना आउँछ ।

मलाई पाटन कृष्णमन्दिर, बसन्तपुर दरबारस्क्वायर, न्युरोड, भक्तपुर दरबारस्क्वायर, पशुपति घुम्न मन पर्छ । पुराना मन्दिर, पुराना धरोहर त्यहीँ कलम फुर्छ । विभिन्न सिर्जना गर्छु । पुराना बस्तु जति छन् यिनलाई बचाउने र व्यवस्थित मात्रै गर्ने हो भने त्यसैले नै हजार वर्षसम्मलाई पर्यटन धान्न सकिन्छ । त्यसका लागि दीर्घकालीन योजना बनाउनुपर्छ । पुराताŒिवक सम्पदा संरक्षण गर्नुपर्छ । संस्कृति बचाउनुपर्छ । हाम्रा सम्पदाको प्रचार गर्नुपर्छ ।