१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका  काठमाडौं
२०७६ जेठ २८ मंगलबार ०६:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सूचना प्रवाहमा प्रतिबद्ध छौँ : प्रधानसेनापति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  काठमाडौं
२०७६ जेठ २८ मंगलबार ०६:४५:००

प्रधानसेनापति पूर्णचन्द्र थापाले सुरक्षा संवेदशीलतालाई मध्यनजर राख्दै सूचना प्रवाहमा सेना प्रतिबद्ध रहेको बताएका छन् । सूचना आयुक्तहरूसँग सोमबार जंगी अड्डामा आयोजित अन्तरक्रियामा थापाले सूचनाको हकप्रति सेना जिम्मेवार र जवाफदेही रहेको प्रस्टीकरण दिएका छन् । 

‘सूचनाको हक आमनागरिकको मौलिक हक भएको तथ्यलाई मनन गर्दै सूचनाको संवेदनशीलतालाई समेत मध्यनजर गरी सूचना पहुँचको सहज कार्यान्वयनमार्फत सूचना प्रवाहलाई सुनिश्चित तुल्याउन नेपाली सेना सदा प्रतिबद्ध रहेको छ’ थापाले भने, ‘राष्ट्रिय सूचना आयोगबाट प्राप्त सुझाबलाई आत्मसात् गरी आगामी दिनमा सूचनाका हकको थप प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेना सदा कटिबद्ध छ ।’

प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले संविधानको धारा २७ अनुसार नेपाली सेनासँग माग हुने सूचना निर्वाध रूपमा प्रवाह गर्न सेना प्रतिबद्ध रहनुपर्ने बताए । सूचना आयुक्त यशोदा तिम्सिनाले सूचनाको हकसम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ को व्यवस्थाबारे जानकारी गराएकी थिइन् । उनले सूचनाको हकसम्बन्धी सैद्धान्तिक पक्षबारे जानकारी दिँदै सेनाले आफ्ना सूचना सार्वजनिक गर्नुपर्ने बताइन् ।