१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २७ सोमबार १८:५२:००
Read Time : < 1 मिनेट
प्रवास

जापानमा नेपाली महोत्सव हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २७ सोमबार १८:५२:००

'नेपाल भ्रमण वर्ष २०२०'लाई सहयोग पुर्‍याउने उद्देश्यले जापानको नागोयामा 'नेपाल महोत्सव २०१९' गर्ने भएको छ । नागोयामा बसोबास गर्दै आएका नेपालीको सक्रियतामा महोत्सव गर्न लागिएको हो । 

महोत्सवले दुई देशबीच सम्बन्ध थप प्रगाढ़ बनाउने र 'नेपाल भ्रमण वर्ष २०२०ुलाई टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । नेपाली कला संस्कृति, परम्परागत, झाँकीलगायत रहने महोत्सवमा नेपालको विशेषता दर्शाउँदै जापानिज नागरिकलाई निमन्त्रण गर्नु लक्ष्य रहेको संयोजक पारसमणि पोखरेलले जानकारी दिए ।

जापानस्थित नेपाली दुतावास र एनआरएनएन नागोयात्रको संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नागोयामा क्रियाशील नेपाली संघ संस्थाहरु सह–आयोजकको रुपमा सहभागी हुन भएको छ । महोत्सव साकायस्थित हिसाय दोहोरी पार्कमा आगामी जुन १५ र १६ तारिकमा हुनेछ ।