रोड, नेपालकै पुरानो व्यापारिक केन्द्र । अहिले पनि न्युरोडमा नुनदेखि सुनसम्म पाइन्छ । सहरवासी किनमेलका लागि न्युरोड नपुगी सुखै पाउँदैनन् । न्युरोडमा च्वाइस छ । एकैपटक धेरै कुरा सपिङ गर्न सकिन्छ । मलाई न्युरोड मन पर्छ । न्युरोडको पार्किङ समस्या हो । पार्किङ समस्या समाधान हुने हो भने न्युरोडमा अझ बढी व्यापार हुन्छ ।
मलाई मन पर्ने अर्को ठाउँ हो, दरबारमार्ग । दरबारमार्ग खुला छ । पार्किङ समस्या छैन । सुरक्षित लाग्छ । सफा पनि छ । धेरै भिडभाड पनि छैन । ब्रान्डेड पसल दरबारमार्गमै छन् । राम्रा रेस्टुरेन्ट र होटेल दरबारमार्गमै छन् । दरबारमार्गमा किनमेल गर्न आउने ग्राहक पनि भिन्नै हुन्छन् । दरबारमार्गमा मेरो गहना पसल (मेरिगोल्ड) छ, त्यहाँ पुग्नेबित्तिकै रिल्याक्स महसुस हुन्छ ।
न्युरोडमा च्वाइस छ । एकैपटक धेरै कुरा सपिङ गर्न सकिन्छ । मलाई न्युरोड मन पर्छ । तर, न्युरोडमा पार्किङ समस्या छ ।
अर्को मन पर्ने ठाउँ झम्सिखेल हो । झम्सिखेलमा राम्रा–राम्रा रेस्टुरेन्ट छन् । खुला छ । सफा पनि छ । काम गर्दा दिनभरि थाकिएको हुन्छ, झम्सिखेल पुगेर खानपिन गरेर रिल्याक्स गर्न मन पर्छ । झम्सिखेल पर्यटनका लागि पनि परिचित बन्दै छ । ठमेल साँघुरियो, झम्सिखेल फैलिँदै छ ।