१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ जेठ २६ आइतबार १०:५९:००
Read Time : > 1 मिनेट
प्रदेश

पहिरोको जोखिममा  रसुवा भन्सार कार्यालय 

Read Time : > 1 मिनेट
२०७६ जेठ २६ आइतबार १०:५९:००

रसुवा भन्सार कार्यालय टिमुरे पहिरोको उच्च जोखिममा छ । गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको भन्सार कार्यालयनजिकैबाट निरन्तर पहिरो गहिरहेकाले कार्यालय पनि जोखिममा परेको हो । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले सडकको नालाबाट जानुपर्ने पानी कार्यालयछेउको जग्गामा जाँदा पहिरो गएको बताए । सोही नालाको पानीका कारण पहिरो गएको उनको भनाइ ।

सडकको नाला मासेर घर टहरा बनाएका छन्, त्यसको कतैबाट नियन्त्रण भएन्, त्यही नाला पुरिएपछि पाइप लगाएर पानी सुक्खा बन्दरगाहका लागि अधिग्रहण गरेको जग्गामा पठाइको छ ।’ उनले भने, ‘पहिला हामीलाई थाहा भएन, पहिरो गएपछि मात्र थाहा भयो,’
पहिरो गएको ठाउँमा तत्काल वाल लगाएर संरक्षण गर्न सक्ने अवस्था नरहेको उनले बताए । उनले भने ‘ठूलै खर्च गरेर काम गर्नुपर्ने देखिन्छ, अब डाइपोर्ट पनि त्यहीँ बन्ने हुँदा हाम्रो अफिस पनि भत्काउन पर्ने हो कि के हो, केही थाहा छैन् । त्यसैले, के गर्ने भन्नेमा अलमलमा छौँ,’ नयाँ पत्रिकाकर्मीसँग कुराकानी गर्दै भन्सार प्रमुख खड्काले यो वर्षको वर्षायाम सुरु भएसँगै पहिरोको जोखिममा रहेको कार्यलयबाट कसरी सेवा प्रवाह गर्ने भन्नेमा चिन्ता व्यक्त गरे । 

कर्मचारी सारियो
पहिरो गएपछि भन्सार कार्यालयमा बस्ने कर्मचारीलाई अन्यन्त्र सारिएको उनले बताए । उनले भने ‘दिउँसो कार्यालयमा बसेर सेवा प्रदान गरिरहेका छौँ, अरू ठाउँमा कोठा छैन, भन्नेबित्तिक्कै घर पनि पाइँदैन, बर्खाको समयमा डर छ, कार्यालयनजिकैदेखि तल खोलासम्म पहिरो छ,’ अहिले नालाको पानी अन्यन्त्र कुलो बनाएर सुरक्षित स्थानमा पठाइएको र अस्थायी रूपमा संरक्षणको पहल भइरहेको भन्सार प्रमुख खड्काले बताए । उनले भने ‘अहिले कुलो बनाएर पानी अन्यत्र पठाउने र कसरी सुरक्षित रहने भन्ने विकल्पबाहेक हामीसँग केही उपाय छैन, फेरि हामीले ठूलो रकम खर्च गरेर बनाउँला, पछि बन्दरगाह बनाउने भनेर फेरि भत्काइयो भने दोहोरो खर्च हुने हो कि भनेर अलमलमा छौ ।’

 दैनिक दुई करोड राजस्व संकलन
सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाकाबाट निकासी, पैठारी बढेसँगै भन्सार असुली पनि बढेको छ । भन्सार कार्यालयले दैनिक दुई करोडसम्म राजस्व संकलन गरिरहेको छ । भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्तःशुल्क भ्याटलगायतका भन्सार असुली गर्ने गर्दछ । चीन जोड्ने विभिन्न नाकामध्ये रसुवागढी नाका मात्रै सञ्चालनमा रहेकाले यो नाकामा व्यापारिक कारोबार बढेको छ । चीनको केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्बल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ ।