मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २४ शुक्रबार १४:५५:००
Read Time : < 1 मिनेट
समाचार

घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएकाे छ : मन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २४ शुक्रबार १४:५५:००

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको बताएका छन् । 

मन्त्री यादवले घरेलु तथा साना उद्योगको संरक्षणका लागि सरकारले ५ करोडभन्दा बढि लगानी भएको उद्योगमा मात्रै वैदेशिक लगानी भित्र्याउने नीति लिएको बताए । शुक्रबार काठमाडौंमा आयोजित ‘उत्कृष्ट महिला उद्यमी सम्मान’ कार्यक्रममा उनले सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई साकार पार्न उद्योग क्षेत्रको विकासलाई जोड दिनु परेको बताए । 

उनले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन घरेलु तथा साना उद्यमीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।