मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ जेठ २४ शुक्रबार ०८:२४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

रोचक तथ्य : गुगल अर्थले  कसरी काम गर्छ ?

Read Time : < 1 मिनेट
२०७६ जेठ २४ शुक्रबार ०८:२४:००

गुगल अर्थ’ एक भौगोलिक नक्सांकन प्रोग्राम हो । यसले पृथ्वीको बृहत् नक्सालाई ठूलोदेखि सानो भागसम्म देखाउने काम गर्छ । भूउपग्रह र आकाशबाट खिचिएका अर्बौँ तस्बिरलाई यसले एकबद्ध गरेर राख्ने गर्छ, जसले प्रयोगकर्ताले चाहेको जस्तो तस्बिर, नक्सा र भौगोलिक अवस्थाबारे देखाउन सक्छ । यसले प्रयोगकर्ता जोसुकै हुन्, अपरिचित भौगोलिक अवस्था, पर्यावरणीय विशेषता र इतिहासबारे जानकारी उपलब्ध गराइदिन्छ । 

यो डिजिटल नक्सांकन यन्त्रको सहयताबाट सरकार, निजी क्षेत्रका संघ–संगठन र व्यक्तिगत रूपले धेरै लाभ लिएका छन् । यसबाट अनगिन्ती डाटाहरू उपलब्ध हुन सक्ने भएकाले प्रयोगकर्ताको ज्ञानको भण्डारसमेत बनिदिएको छ । 

यो कसले बनायो ? 
सुरुमै हामीले गुगल अर्थका रूपमा सुन्दै आए पनि यसको अवधारणा भने गुगलले ल्याएको होइन । सुरुमा यो ‘इन्ट्रिन्जिक ग्राफिक्स’ नामक कम्पनी जो गेमका प्रोग्रामहरू बनाउँथ्यो, उसले नै बनाएको हो । पछि यही कम्पनी ‘किहोल इन्कर्पोरेसन’ नाममा परिणत भयो । पछि त्यो पनि ‘नियाटिक’को नाम भयो । गुगलले खरिद गरेपछि पनि यसको नाम ‘पोकेमन गो’ राखिएको थियो । 

सन् २००५ मा ‘गुगल अर्थ’मा नामकरण गरिएपछि यसको व्यापकता बढ्दै गएको हो । सुरुमा यसले उपलब्ध गराउने डाटाहरू नासाको रेकर्डमा रहेको सन् १९८४ का डाटाहरू थिए । सुरुमा गुगल हेर्दा त्यसवेलाको फोटो र नक्सा देखिन्थ्यो । पछि बिस्तारै गुगल आफैँले पनि ठूलो लगानी गर्दै गयो । अहिले यसले समय–समयमा डाटाहरू अद्यावधिक गरिरहन्छ । र, हामीले ताजा डाटा देख्न पाउँछौँ । 

यसले नासासँग साझेदार गरिरहेको छ । नेसनल जियोग्राफिकसँग पनि यसको सहकार्य छ । यसमा दिनहँु डाटाहरू अपडेट गर्न लगातार ३० इन्जिनियर खटिरहेका हुन्छन् । यसको डाटा नवीनतम प्रविधिदेखि टू जी मोबाइल फोनबाट समेत लिन सकिन्छ ।