१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३ आइतबार
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ३ आइतबार १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पासाङ ल्हामु राजमार्गबारे सांसदको प्रश्न– नुवाकोटका जनताले कहिलेसम्म सास्ती व्यहोर्नुपर्ने हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ३ आइतबार १७:२५:oo

पासाङ ल्हामु राजमार्गअन्तर्गतको रानीपौवा–पिपलटार सडकखण्डको विषयमा सांसदले सरकारसँग जवाफ माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर माओवादी सांसद विमला सुवेदीले बजेट विनियोजन नहुँदा उक्त भेगका नागरिकले दुःख पाएको बताइन्।

‘पासाङ ल्हामु राजमार्गअन्तर्गत तीनपिप्ले–रानीपौवा सडकखण्ड प्रचण्ड सरकारको पालामा बजेट विनियोजन भई हाल निर्माण कार्य भइरहेको छ। तर, त्यही राजमार्गको रानीपौवा–पिपलटार सडकखण्डको निर्माणका लागि बजेट विनियोजन नहुँदा १० वर्षदेखि बेलकोटगढी नगरपालिका वडा नम्बर ९, १०, ११, १२ र १३ का जनता प्रत्यक्ष र नुवाकोट जिल्लाको पश्चिमी भेगका हजारौँ जनता परोक्ष प्रभावित भएका छन्। यो सडक नबन्दा करोडौँको आर्थिक क्षति भइरहेको छ,’ उनले भनिन्।

दुई घण्टामा राजधानी काठमाडौं आइपुग्ने यहाँका जनता सदरमुकाम विदुर घुमेर ५–६ घण्टा लगाएर यात्रा गर्न बाध्य भएका उल्लेख गर्दै सांसद सुवेदीले भनिन्, ‘खाद्यान्न, तरकारी, दुध, कुखुरालगायतका व्यवसायमा ठुलो मार परिरहेको छ। सरकारको गैरजिम्मेवारीका कारण यहाँका जनताले कहिलेसम्म सास्ती व्यहोर्नुपर्ने हो ? यो सडक कहिले बन्ने हो, म सरकारको जवाफ चाहन्छु।’