मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २४ शुक्रबार ०७:३६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

उद्योगी पशुपति मुरारका भन्छन् ‘शनिबार हाइकिङ अनिवार्य’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २४ शुक्रबार ०७:३६:००

मलाई हाइकिङ जान मन पर्छ । नियमित रूपमा प्रायः शनिबार हाइकिङ जान्छु, कुनै न कुनै ठाउँमा । काठमाडौंवरिपरि नजिकका डाँडातिर जान्छु । प्रायः साथीहरूसँग नै गइन्छ । विशेषगरी, नागार्जुन, चम्पादेवी, चन्द्रागिरि, सेतो गुम्बा र शिवपुरीलगायत ठाउँमा हाइकिङ गइन्छ । 

हाइकिङले स्वस्थ रहन मद्दत गर्छ । सहरबाहिर गइने हुनाले स्वच्छ हावा खान पाइन्छ । हरियाली हेर्न पाइन्छ । हरियालीले मन बहलाउँछ । साथै, हाइकिङकै माध्यमले साथीहरूसँग भेटघाट हुन्छ । ३/४ घन्टा सँगै हुने हुनाले विभिन्न विषयमा छलफल गर्न पाइन्छ । अनुभव साटासाट हुन्छन् । हाइकिङ दौरान नयाँ आइडिया फुर्छन् । हप्ताभरिको स्ट्रेस पनि मेटिन्छ ।

म दैनिक मर्निङवाक पनि गर्छु । झन्डै सवा घन्टाजति । बिहान साढे ५ बजेबाट ७ बजेसम्म मर्निङवाकमा भइन्छ । मर्निङवाक जान थालेको झन्डै १५ वर्ष हुन थालिसक्यो । म ट्रेकिङ पनि जान्छु । एभरेस्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प र मुक्तिनाथ पुगेको छु । कास्कीको घान्द्रुक र घोरेपानी पुगेको छु । अब वर्षमा दुईपटक ट्रेकिङ जाने योजना छ । यसका लागि समय मिलाउँदै जानु छ ।