मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मानदत्त रावल  जुम्ला
२०७६ जेठ २३ बिहीबार १०:५८:००
Read Time : < 1 मिनेट
प्रदेश

संरक्षण नहुँदा  पाण्डव गुफा जीर्ण

Read Time : < 1 मिनेट
मानदत्त रावल  जुम्ला
२०७६ जेठ २३ बिहीबार १०:५८:००

सिञ्जा उपत्यकामा रहेको पाण्डव गुफा जीर्ण बनेको छ । संरक्षण नहुँदा गुफा जीर्ण बनेको स्थानीय बासिन्दाले बताए । सिञ्जा क्षेत्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य पाण्डव गुफाको संरक्षण हुन नसकेको स्थानीय नन्दबहादुर रोकायाले बताए । गुफाभित्र पाँच भाइ पाण्डवका मूर्ति छन् । तिनलाई हेर्न पनि जिल्लाभित्र र बाहिरबाट आउने गरेका छन् । ‘परम्परागत महत्व  सम्झेर पर्यटक आउँछन, अहिलेको दुरावस्था देख्दा निराश भएर फर्कन्छन्,’ उनले भने । यसको संरक्षणका लागि स्थानीय तथा प्रदेश सरकारले पनि ध्यान नदिएको उनको गुनासो छ । 

नाग्म गमगडी सडकदेखि गुफासम्म पुग्ने पदमार्ग पनि सहज छैन । यसअघि गाविस र पर्यटन बोर्डले संरक्षणका लागि रकम छुट्याएका थिए । तर, त्यो पर्याप्त नहुँदा काम हुन नसकेको स्थानीय बासिन्दा बताउँछन् । अहिले गुफाभित्र बनेका संरचना पनि जीर्ण बन्दै गएका छन् । गुफाको अवशेष नै नासिने स्थानीय बासिन्दाको चिन्ता छ । गुफा हेर्न आउने पर्यटकलाई ढोका खोल्ने र बन्द गर्ने मान्छेसमेत हुँदैनन् । कहिलेकाहीँ त गुफा बाहिरबाटै पर्यटक फर्किने गरेका छन् । गुफाभित्र प्रवेशका लागि आन्तरिक पर्यटकलाई ३० र बाह्य पर्यटकलाई एक सय ५० रुपैयाँ शुल्क लिने गरिएको छ । 

कनकासुन्दरी गाउँपालिकाले पनि गुफाको संरक्षण तथा संवद्र्धनका लागि पहल नगरेको स्थानीय बासिन्दाको गुनासो छ । चालू आर्थिक वर्षमा पाण्डव गुफाको नाममा गाउँपालिकाले दुई लाख बजेट विनियोजन गरेको थियो । त्यो रकम स्थानीय जनप्रतिनिधिले सडकमा खर्च गरेको नन्दबहादुरले बताए । तीन दशकअघि स्थानीय धनमल रोकायाले गुफा संरक्षणमा लागेका थिए । उनले गुफामा रुद्री लगाउने, पूजापाठ गर्ने, मर्मतसम्भार गर्नेलगायतका काम गरेका थिए ।