मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार ०८:२३:००
Read Time : < 1 मिनेट
सप्तरंग

आबाल ब्रह्मचारी षडानन्द पुरस्कार प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार ०८:२३:००

आबाल ब्रह्मचारी षडानन्दको १८४औँ जन्मजयन्ती बुधबार राजधानीस्थित प्रज्ञा प्रतिष्ठानमा मनाइयो । अध्यात्म चिन्तक प्रा. शिवगोपाल रिसालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा षडानन्द पुरस्कार तथा षडानन्दसम्बन्धी ग्रन्थ सार्वजनिक गरिएको थियो । 

कार्यक्रममा ५० हजार नगद राशिको ०७५ सालको षडानन्द राष्ट्रिय पुरस्कार सुदूरपश्चिम नेपालको भाषा, इतिहास तथा संस्कृति अध्येता आरडी प्रभास चटौतलाई प्रदान गरियो । त्यसैगरी, निरन्जन र गायत्रीकुमार चापागाईंले आफ्ना आमाबाबु युवाकुमारी र डण्डपाणिको स्मृतिमा स्थापना गरेको २५ हजार नगद राशिको षडानन्द पुरस्कार प्रा. डा. दयाराम श्रेष्ठ सम्भवलाई प्रदान गरियो । यो पुरस्कार पूर्वाञ्चल क्षेत्रको शिक्षा, साहित्य तथा संस्कृति क्षेत्रमा विशेष योगदान पु¥याएबापत प्राडा श्रेष्ठलाई प्रदान गरिएको हो । 

सामुदायिक विद्यालयहरूको शैक्षिकस्तर अभिवृद्धि गर्ने उद्देश्यले चौकीडाँडा भोजपुरकी उमादेवी अधिकारीले आफ्ना पति मदनबहादुरको स्मृतिमा स्थापना गरेको १५ हजार नगद राशिको षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार श्री वीरेन्द्र मावि, कुलुङ भोजपुरलाई प्रदान गरियो । 

कार्यक्रममा हेमराज अधिकारीद्वारा लिखित आवाद ब्रह्मचारी षडानन्दको जीवन कथा, दधिराज सुवेदीद्वारा सम्पादित आबाल ब्रह्मचारी षडानन्द स्मृति ग्रन्थ र विभिन्न लेखकले लेखेका पुस्तक तथा पत्रिकामा प्रकाशित लेखहरूको संग्रह गद्य रचनामा षडानन्द नामक ग्रन्थ सार्वजनिक गरियो । प्रतिष्ठानका अध्यक्ष विष्णुराज कुसुमको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत व्यक्तित्वले ब्रह्मचारी षडानन्दको योगदानबारे चर्चा गरेका थिए ।