मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ता कमली 
२०७५ पौष १५ आइतबार १२:२८:००
Read Time : < 1 मिनेट
प्रदेश

बेसीशरहमा प्याराग्लाइडिङको सफल परीक्षण

Read Time : < 1 मिनेट
शान्ता कमली 
२०७५ पौष १५ आइतबार १२:२८:००

लमजुङको बेसीशहर नगपालिका ३ गाउँशहरमा शनिबार प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । यशोब्रह्मा शाहको दरबार लमजुङ दरबारस्थित गाउँसहरको डाँडाबाट गरिएको प्याराग्लाइडिङ उडान बेसीशहरस्थित शेरा (दनाइफाँट) मा अवतरण गरिएको हो । 

स्काइ बर्ड प्याराग्लाइडिङ पोखराको नेतृत्वमा बेशीसशरमा पनी परीक्षण उडान गरिएको आयोजक अन्नपूर्ण ब्रदर्श ट्राभल एण्ड टुर लमजुङका सञ्चालक तथा पर्यटन व्यवसायी अमिर गुरुङले बताए । उनका अनुसार प्याराग्लाइडिङको उडान सफल भएको छ । गुरुङले भने गाउँसहर डाडा पर्यटकीय दृष्टिकोणले प्याराग्लाडिङको लागि उपर्युक्त छ । प्याराग्लाइडिङका लागि गाउँसहर डाँडासहित जिल्लाको भाचोक डाँडा, पुमा डाँडा, राइनासकोट, तुर्लुङकोटलगायत स्थानहरूबाट सम्भव रहेको पर्यटन व्यवसायी सन्तोष थापाले बताए । 

जिल्लामा हुने गरेको विभिन्न महोत्सवका अवसरमा प्याराग्लाइडिङको उडान लमजुङमा हुँदै आएको छ । तर व्यवसायिक रुपबाट भने प्याराग्लाइडिङ सञ्चालन भएको छैन । उडान परीक्षणका लागि प्याराग्लाइडिङ स्लो पाइलट सुनिल थापा, कुमार श्रेष्ठ, भुबन गाहा, राजेश गिरी र सुनिल रावलद्वारा उडान गरिएको थियो । 

बेसीशहर नगरपालिका प्रमुख गुमानसिङ अर्यालले प्याराग्लाइडिङका लागि नगरपालिकाबाट पनि केही बजेट छुट्याएका छौं, हामी प्याराग्लाइडिङ बिज्ञहरूसँग बैठक बसी निचोड निकाल्छौं ।’