Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ २२ बुधबार ०९:२७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी सर्छ डेंगु

घरबाहिर निस्कँदा लामो बाहुला भएका कपडा लगाउनुपर्छ । त्यस्तै, लामखुट्टेको टोकाइबाट बच्न क्रिम र स्प्रे छर्किन सकिन्छ ।

Read Time : > 1 मिनेट
२०७६ जेठ २२ बुधबार ०९:२७:००

डेंगु भाइरसका कारण डेंगु रोगको संक्रमण हुन्छ । एडिज नामक लामखुट्टेको टोकाइबाट डेंगु भाइरस एक–अर्कामा सर्छ । डेंगु भाइरस चार प्रकारका हुन्छन् । जसलाई भाइरस १,२,३ र ४ मा विभाजन गरिएको छ । यो डेंगु भाइरस बोकेको लामखुट्टे दिउशो सक्रिय रहने गर्छ ।  एडिज लामखुट्टेको टोकाइबाट चिकन गुनिया, जिका आदि संक्रमणसमेत हुने गर्छ । संक्रमित लामखुट्टेले एकपटकमा कम्तीमा आठजनालाई टोक्छ । जसले गर्दा एकपटक भाइरस देखिएमा त्यो महामारीको रूपमा छिटो फैलिन्छ । 

लक्षण

  •  संक्रमितमध्ये अधिकांशमा डेंगुुको लक्षण दैखिँदैन । कतिपयमा सामान्य ज्वरो आँउछ । करिब ३ प्रतिशत्मा बान्ता आउने, पेट दुख्ने, शरीरमा पानी जम्ने, रक्तश्राव हुने र मिर्गौलामा असर देखिनेजस्ता समस्या देखिन्छन् । 
  •  भाइरस शरीरमा प्रवेश गरिसकेपछि डेंगी नामक कडा ज्वरो आउँछ । जोर्नी र मांसपेशी दुख्ने । आँखाको गेडी र ढाडमा पीडा हुने, रगतमा सेता रक्तकोषको कमी हुनेजस्ता समस्या देखिन्छन् । 
  •  एकपटक डेंगुबाट प्रभावित भइसकेका व्यक्तिमा पुनः संक्रमण हुने सम्भावना अधिक रहन्छ । 
  •  डेंगु भएको समयमा जन्मिएका बच्चामा तथा प्रतिरोधी क्षमता उच्च भएका मानिसमा डेंगुले जटिल समस्या निम्त्याउने खतरा हुन्छ । जटिल खालको डेंगु भएमा मानिसको ज्यान पनि जान सक्छ । 

बच्ने उपाय

  •  एडिज लामखुट्टेको लार्भा विकासका लागि अक्सिजनयुक्त पानी आवश्यक हुन्छ । त्यसैले, प्रायः सफा पानीमा अन्डा पार्ने गर्छ । गमला, जथाभावी फालिएका बट्टा, पानी जमेका खाल्डाखुल्डी र टायर आदिमा जमेको पानीमा समेत यसले अन्डा पार्ने सम्भावना रहन्छ । तसर्थ, यस्ता ठाउँ सधैँ सफा राख्नुपर्छ । पानी राख्ने भाँडा छोपेर राख्नुपर्छ । 
  •  घरबाहिर निस्कँदा लामो बाहुला भएका कपडा लगाउनुपर्छ । त्यस्तै, लामखुट्टेको टोकाइबाट बच्न क्रिम र स्प्रे छर्किन सकिन्छ । 
  • सुत्दा झुलको अनिवार्य प्रयोग गर्नुुपर्छ । सकेसम्म झ्याल–ढोकामा जाली प्रयोग गर्नुपर्छ । 
  •  गाँउ–टोल सफा राख्नुपर्छ । त्यस्तै, पानी जम्ने खाल्डाखुल्डीमा लामखुट्टे मार्ने स्प्रे प्रयोग गर्नुपर्छ । डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण गर्नुपर्छ ।