१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका दाेहा
२०७६ जेठ २१ मंगलबार १५:१२:००
Read Time : < 1 मिनेट
प्रवास

कतारमा हुने ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’का लागि दोहा पुगे कलाकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका दाेहा
२०७६ जेठ २१ मंगलबार १५:१२:००

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ कतारको दोहामा हुन लागेको ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’मा सहभागी हुन नेपाल आइडल सिजन २ का शीर्ष चारका विजेता दोहा आइपुगेका छन् । 

जुन ६ बिहीबार हुने कार्यक्रममा सहभागी हुन नेपाल आइडल २ का विजेता रवि ओड, फस्र्ट रनरअप विक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक, थर्ड रनरअप अस्मिता अधिकारी दोहा आइपुगेका हुन् । 

कार्यक्रममा रियालिटी शो बुगीबुगी सिजन १ का (टप फोर) कलाकारहरू विजेता कविता नेपाली, फस्र्ट रनरअप प्रतिभा पुन, सेकेन्ड रनरअप सरोज मोक्तान र थर्ड रनरअप रबिन भुजेल, चर्चित र्यापर भिटेन, लोकगायक कुलेन्द्र बिक, हाँस्यकलाकारलगायतले महोत्सवमा प्रस्तुति दिनेछन् । कलाकारहरुलाई आयोजक तथा एनआरएनए मध्यपूर्व उपसंयोजक प्रवीन गुरुङलगायतले दोहास्थित हाम अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन र सहयोग रहेको कार्यक्रम भिजिट नेपाल २०२० अभियानलाई समेत सहयोग गर्ने गरी आयोजना गरिएको आयोजक गुरुङले जानकारी दिए । गुरुङले रंगशाला निर्माणका लागि दश लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन् । 

सनैयास्थित ग्रान्ड मलको एसियन टाउन एम्पिथियटरमा मुस्लिम समुदायको सबैभन्दा महत्वपूर्ण चाड इदको समय पारेर कार्यक्रम आयोजना गरिएको हो । कतार नेपाली कामदारहरूको प्रमुख गन्तव्यमा पर्ने मुलुक हो । यहाँ करिव पाँच लाख नेपाली कार्यरत छन् ।