Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २१ मंगलबार ०८:०७:००
Read Time : < 1 मिनेट
नयाँCity

वर्षालाई संजोगको ढाडस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २१ मंगलबार ०८:०७:००

अभिनेत्री वर्षा राउतलाई आफूले लगाएको ड्रेसले निकै तनाव दियो । उनले अस्ट्रेलियामा भएको ‘जात्रै जात्रा’को विशेष सोमा छाती खुला भएको कपडा लगाएकी थिइन् । ड्रेसकै कारण वर्षा ट्रोलको सिकार भइन् । निकै खुलेकी वर्षालाई विवाहपछि पनि उत्पातै बोल्ड भएको भन्दै ट्रोल बनाइएको हो । 

पति तथा अभिनेता संजोग कोइरालाले भने पत्नी बर्षालाई साथ दिएका छन् । अस्ट्रेलियामै रहेका संजोगले वर्षासँगको दुई रोमान्टिक फोटो फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, ‘म तिमीलाई प्रोत्साहन गर्छु, तिमीलाई सम्मान गर्छु । तिम्रो हरेक युद्धमा साथ र सहयोग गर्नेछु । तिम्रो कठिन र संघर्षको समयमा अझ माया गर्नेछु । म तिमीसँग धेरै समय बिताउने कोसिस गर्नेछु ।’

पतिले पत्नीलाई समस्या पर्दा यति ढाडस दिनु नराम्रो होइन । प्राय हिरोइन, मोडल बिदेश पुगेपछि निकै खुल्ने गरेको पाइने गरिएको छ । वर्षाले  पनि सोही शैलीलाई निरन्तरता दिएकी त होइनन् ?