मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
धरान/नयाँ पत्रिका
२०७६ जेठ २१ मंगलबार ०६:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

धरानमा डेंगुको महामारी : ७५ बिरामी अस्पतालमा

Read Time : < 1 मिनेट
धरान/नयाँ पत्रिका
२०७६ जेठ २१ मंगलबार ०६:१७:००

धरानमा तीन सातादेखि फैलिएको डेंगुले महामारीको रूप लिएको छ । ७५ संक्रमित अस्पतालमा छन् । बिरामीको संख्या बढिरहेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विजय खनालको रेस्क्यु टोलीको नियन्त्रण प्रयास सफल हुन सकेको छैन । 

नियन्त्रणमा प्रयोग गरिएको फगिङ मेसिन ‘अल्फा साइफर मेथ्रिन’ले वयस्क लामखुट्टे मरे पनि पानीमा रहेका अन्डा, लार्भा र प्युपामा असर नगरेको टोली सदस्य धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबाबु यादवले बताए ।