१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी काठमाडाैं
२०७६ जेठ २० सोमबार १७:१४:००
Read Time : < 1 मिनेट
विश्व

डोनाल्ड ट्रम्पले लन्डनका मेयरलाई भने, 'हिउँ जस्तै चिसा व्यक्ति र हरुवा'

Read Time : < 1 मिनेट
एजेन्सी काठमाडाैं
२०७६ जेठ २० सोमबार १७:१४:००

आइतबार बेलायत भ्रमणमा आइपुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको राजधानी सहर लन्डनका मेयर सदिक खानलाई 'हिउँ जस्तै चिसो र हरुवा' भएको टिप्पणी गरे । उनले खानलाई लन्डनमा हुने अपराध नियन्त्रणमा ध्यान दिन चेतावनी पनि दिए । 

बेलायतमा अवतरण भएलगत्तै ट्रम्पले खानको आलोचना गर्दै लगातार दुई वटा ट्वीट गरे । मेयर खानका प्रवक्ताले ट्रम्पको ट्वीटबारे प्रतिक्रिया जनाउँदै यसले अमेरिकी राष्ट्रपतिको तल्लो स्तरलाई प्रष्ट पारेको बताएको छन् । उनले ट्रम्पको ट्वीटमा केटाकेटीपन देखिएको उल्लेख गरेका छन् । 

खानले राष्ट्रपति ट्रम्प बेलायत आउनुअघि उनको आलोचना गरेका थिए । ट्रम्पले यही आलोचनाको जवाफ दिएका हुन् । खानले राष्ट्रपति ट्रम्पको आप्रवासीविरोधी नीतिको आलोचना गरेका थिए ।