मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका / काठमाडौ‌
२०७६ जेठ १९ आइतबार १४:४०:००
Read Time : < 1 मिनेट
समाचार

राजनीति विगार्ने मुख्य पात्र प्रधानमन्त्री : नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका / काठमाडौ‌
२०७६ जेठ १९ आइतबार १४:४०:००

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले विदेशी भूमिबाट प्रधानमन्त्रीले नकारात्मक राजनीतिक टिप्पणी गर्नु देशकै अपमान भएको बताएका छन् ।

धादिङ क्षेत्र १ द्वारा आयोजित जागरण अभियान कार्यक्रममा धादिङका लागि केन्द्रीय प्रतिनिधिसमेत रहेका पौडेललले विदेशी भूमिबाट नेपाली राजनीतिलाई तुच्छ टिप्पणी गर्दा राजनीतिलाई यस्तो बनाउने मुख्य पात्र उनी आफैं हुन भन्ने ख्याल गर्नुपर्ने स्मरण गराए ।

‘सत्ताका लोभिहरू कहिल्यै इमान्दार हुँदैनन,’ उनले भने, ‘कुरा र काममा ज्यादै अन्तर भएका प्रधानमन्त्रीका कारण नेपाली राजनीतिमा विश्वासको संकट बढ्दो छ।’
नयाँ संबिधान लागु भए पनि काम गर्ने तरिका नफेरीएको उल्लेख गर्दै उनले नेतृत्व गर्नेहरु सेवक होइन शासक बनेको आरोप लगाए । वडादेखि केन्द्रसम्म कमिसन र भ्रष्टाचारको बिगबिगि रहेको उनले बताए ।

झुठको खेती गरेर देश समृद्ध नहुने भन्दै उनले जनताले झुठ धेरै दिन नटिक्ने टिप्पणी गरे । कार्यक्रम कांग्रेस धादिङ क्षेत्र १ का सभापति कृष्ण रिजालको अध्यक्षतामा भएको थियो ।