मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका/ काठमाडाैं काठमाडौं
२०७६ जेठ १७ शुक्रबार १२:२०:००
Read Time : < 1 मिनेट
समाचार

पर्यटन क्षेत्रमा लगानी गर्न पराराष्ट्र मन्त्रीको आव्हान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका/ काठमाडाैं काठमाडौं
२०७६ जेठ १७ शुक्रबार १२:२०:००

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आह्वान गरेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल हुनेगरी ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरिरहेको बताए । काठमाडौंमा शुक्रबारबाट सुरू भएको ‘एसिया रेसिलिइन्स समिट–२०१९’ को उद्घाटन गर्दै उनले नेपालको भूगोल, जैविक तथा सांस्कृतिक सम्पदाहरुको महत्व उजागर गरेर मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको उल्लेख गरे । 

ज्ञवालीले वैदेशिक लगानीका लागि आवश्यक नीतिगत तथा संरचनागत आधार सरकारले तयार पारेको दावी गरे । सो सम्मेलनले नेपालमा वैदेशिक लगानी भित्र्याउन महत्वपूर्ण योगदान दिने उनले बताए ।