Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ १६ बिहीबार १०:३३:००
Read Time : < 1 मिनेट
समाचार

फास्ट ट्रयाकको डिपिआर तत्काल टुंगो लगाउन निर्देशन

Read Time : < 1 मिनेट
२०७६ जेठ १६ बिहीबार १०:३३:००

काठमाडौं–तराई (फास्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन तत्काल स्वीकृत गरी काम अघि बढाउन संसद्को दिगो विकास तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार सरोकारवालासँग छलफल गर्दै समितिले आयोजनालाई निर्वाध सञ्चालन गर्ने वातावरण मिलाउनसमेत सरकारलाई निर्देश गरेको छ । 

आयोजना निर्माणका क्रममा जग्गा अधिग्रहण गर्नुपर्ने ललितपुरको खोकनालगायत विभिन्न स्थानको जग्गाको मुआब्जामा देखिएको समस्या छलफल गरी तत्काल सुल्झाउन गृह मन्त्रालय, भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालय र फास्ट ट्र्याक आयोजनालाई समितिले निर्देशन दिएको समिति सभापति दिलकुमारी रावल थापाले बताइन् । ‘आयोजना निर्माणमा भइरहेको कठिनाइ, हालसम्मको प्रगतिलगायतबारे छलफल गर्‍यौँ ।

राष्ट्रिय गौरवको यो आयोजनामा देखिएका अवरोध हटाउन र काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएका छौँ,’ सभापति रावलले भनिन् । समितिले मंगलबार आयोजना प्रमुख योगेन्द्रबहादुर खाँडलगायतसँग छलफल गरेको थियो ।