मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ १६ बिहीबार ०७:३३:००
Read Time : > 1 मिनेट
सेयर बजार

बुधबार नेप्से परिसूचक ८.३९ अंक बढ्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ १६ बिहीबार ०७:३३:००

बुधबार नेप्से परिसूचक ८ दशमलव ३९ अंक बढेर १ हजार ३ सय १३ दशमलव ८८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ११ अंक बढेर २ सय ७९ दशमलव ९२ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ६६ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७३ अंक बढेको छ । यस दिन १ सय ७३ कम्पनीको १० हजार ४ सय १५ पटकको कारोबारमा ९० करोड ८ लाख ५ हजार ९ सय ६० रुपैयाँबराबरको २६ लाख २८ हजार ४ सय २० कित्ता सेयर खरिदबिक्री भएको छ । 

यस दिन नेप्सेको पिभट बिन्दु १ हजार ३ सय ११ दशमलव ८७ रहेको छ । बिहीबार नेप्से ओरालो लागे १ हजार ३ सय ८ दशमलव ५१ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने सो बिन्दुभन्दा तल ओर्लिए १ हजार ३ सय ३ दशमलव १५ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, आगामी दिनका लागि पहिलो प्रतिरोध बिन्दु १ हजार ३ सय १७ दशमलव २३ रहेको छ भने दोस्रो प्रतिरोध बिन्दु १ हजार ३ सय २० दशमलव ५९ रहेको छ ।

यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा शिवम् सिमेन्ट्स अगाडि रहेको छ । सो कम्पनीको यस दिन १ हजार ७ सय ८४ पटकको कारोबारमा २० करोड ४० लाख ६८ हजार रुपैयाँबराबरको २ लाख ९८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सेयर संख्याका आधारमा अगाडि रहेको प्रभु बैंकको यस दिन ३ सय ८८ पटकको कारोबारमा ८ करोड ४३ लाख ३३ हजार रुपैयाँबराबरको ३ लाख ५ हजार ७ सय ६९ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएको अपर तामाकोसी हाइड्रोपावरको कारोबार रकम यस दिन ८ करोड नाघेको छ ।