मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ १५ बुधबार २१:०३:००
Read Time : > 1 मिनेट
खेलकुद

मेयर कपको उपाधि रोल्पा नगरपालिकालाई

Read Time : > 1 मिनेट
२०७६ जेठ १५ बुधबार २१:०३:००

रोल्पा नगरपालिकाले आयोजना गरेको दोस्रो मेयर कपको ट्रफी आयोजकले नै जितेको छ । बुधबार भएको फाइनल खेलसँगै दुई स्वर्ण, दुई रजतसहित आयोजक नगरपालिका पहिलो भएको हो । 

कुल चार खेलमध्ये एक स्वर्ण, तीन कास्य पदकसहित सुनिलस्मृति गाउँपालिको दोस्रो भएको छ भने एक स्वर्णसहित परिवर्तन गाउँपालिका तेस्रो स्थानमा रहेको छ । एक रजत र एक कास्य जितेको माडी गाउँपालिका चौथो विजयी समूहको स्थानमा रहेको छ । विजेता समूहहरुले ट्रफी र मेडलसँगै क्रमशः ८० हजार, ६० हजार, ५० हजार र ३० हजार राशी पाएका छन् ।

उत्कृष्ट खेलाडी घोषित
मेयर कपमा आयोजित चारवटै खेलमा उत्कृष्ट घोषणा गरिएको छ । जसअनुसार क्रिकेटमा परिवर्तन गाउँपालिकाका किरण वली, फुटबलमा रोल्पा नगरपालिकाका उचित रोकामगर, महिला भलिबलमा रोल्पा नगरपालिकाकै रमिता पुनमगर र पुरुष भलिबलमा नगरपालिकाकै दिपेन्द्र घर्तीमगर उत्कृष्ट घोषित भएका छन् । उत्कृष्ट खेलाडीलाई नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

बुधबार बिहान आयोजित फाइनल पुरुष भलिबलमा सुनिलस्मृति गाउँपालिकाले दुईका विरुद्ध तीन खेल आफ्नो पोल्टामा पार्दै जित हासिल गरेको थियो । त्यस्तै  फुटबलमा रोल्पा नगरपालिकाले माडी गाउँपालिकालाई ३–६ गोल हानेर जित दर्ता गराएको थियो । मंगलबार भएको महिला भलिबलमा सुनछहरी गाउँपालिकाले आफ्नो पक्षमा पारेको एक खेलका विरुद्ध तीन खेल आफ्नो पक्षमा पार्दै रोल्पा नगरपालिकाले पहिलो भएको थियो । यता क्रिकेट खेलमा टस जितेर व्याटिङ पाएको परिवर्तन गाउँपालिकाले १ सय २९ रनको टार्गेट दिएकोमा निर्धारित लक्ष्य पूरा गर्न नसक्दा रोल्पा नगरपालिका ४१ रनले पराजित भएको थियो ।

माडीचौर रंगशाला र लिबाङ टुँडिखेलमा खेल भएका थिए । जिल्लाकै ठूलो खेल उत्सवको रुपमा लिइने मेयर कपको उद्घाटन प्रदेश सांसद दिपेन्द्र पुनले गरेका थिए । पाँचदिनसम्म सञ्चालित खेलमा जिल्लाका ८ स्थानीय तह सहभागी थिए । खेल आयोजक मूल समितिका संयोजक एवम् नगर उपप्रमुख मनकुमारी घर्तीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले विजयी प्रतियोगीलाई शुभकामना दिएका थिए । जात, धर्म, राजनीति सबैभन्दा खेलकुद माथि रहेकाले यसले सामाजिक सहअस्थित्वको वातावरण समेत निर्माण गर्ने बुढाले बताए । कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले हरेक वर्ष आयोजना हुने मेयर कपले खेल क्षेत्रमा लाग्ने उर्जाशील युवाहरुलाई समेटिरहेको बताए ।