मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पुरुषोत्तम गिरी 
२०७५ पौष १४ शनिबार १८:४६:००
Read Time : > 1 मिनेट
समाचार

सल्यानमा सवारी चालकको निशुल्क स्वास्थ्य परीक्षण

Read Time : > 1 मिनेट
पुरुषोत्तम गिरी 
२०७५ पौष १४ शनिबार १८:४६:००

सल्यानको शारदा नगारपालिका, १५ निवासी यज्ञ राजगुरुले सवारी चलाउन थालेदेखि स्वास्थ्य जाँच गराएका थिएनन् । तर, शनिबार यात्रु बाहक सवारी चालकका लागि स्वास्थ्य परीक्षण सिविर संचालन भएपछि उनले स्वास्थ्य जाँच गराए । जाँचमा उनले ‘ब्लड प्रेसर’ हाई भएको थाहा पाए ।

प्रेसर हाई भएको बताउँदै स्वास्थ्यकर्मीले उनलाई खानपानमा ध्यान दिनु पर्ने बताएपछि राजगुरु फर्किए । उनले सवारी चालकका लागि शिविर संचालन गरेको भन्दै आयोजक ट्राफिक प्रहरीलाई धन्यवाद दिए । र, अन्त्मा भने, ‘यस्ता शिविर केही समयको अन्तरालमा  राख्दा राम्रो हुन्छ ।’ 

यस्तै, अर्का सवारी चालक टीकाराम कँडेलले पनि शिविरमा आँखा जाँच गराउँदा चश्मा लाउनु पर्ने भएको थाहा पाए । स्वास्थ्य जाँच गराएका उनले शिवरबाट स्वास्थ्य परीक्षण गरी परामर्श लिए । उनीहरु जस्तै जिल्लामा एक सय ३० जना सवारी चालकले स्वास्थ्य परीक्षण गराए ।

आँखा उपचार केन्द्र सितलपाटी सल्यानका प्रमुख पदमराज पन्तले शिवरबाट एक सय ३० जनाले सेवा लिएको बताए । जसमा १५ जनाले चश्मा लागाउन पर्ने बताए ।

यस्तै १५ जनालाई ‘बल्ड प्रेसर’ हाई भएको कान्तिपुर सामुदायिक अस्पतालकी स्वास्थ्यकर्मीले बताइन् । अरुको भने स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाई छ । शिविरमा २० वर्षदेखि ५७ वर्षसम्म उमेर भएका चालकले स्वास्थ्य जाँच गराएका थिए ।

जिल्ला ट्राफिक कार्यालय सल्यानको आयोजना तथा आँखा उपचार केन्द्र सितलपाटी सल्यान, कान्तिपुर सामुदायिक हस्पिटल प्रालि, कलशी मेमोरियल हस्पिटल प्रालि र अधिकारी बन्धु पोलिक्लिनिक प्रालिको सहयोगमा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रमुख ज्ञानेन्द्र शर्माले जानकारी दिए । 

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत संचालन गरिएको शिविरबाट जिल्लामा संचालित सवारी चालकलाई मध्य नजर गर्दै शिविरको आयोजना गरेको  शर्माले बताए । ‘सल्यान रुट भएर चल्ने सवारी साधनका चालकहरुलाई पायक पर्ने स्थान सल्यानको श्रीनगर बसपार्कमा शिविर संचालन गरेको थियो ।