१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १२ बुधबार १७:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एउटै व्यक्तिको ७५ वटा बैंक खाता र १२८ इ–वालेट, ५५ करोडबराबरको अनलाइन जुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १७:३४:oo

५५ करोड रुपैयाँबराबरको अनलाइन जुवा तथा सट्टेबाजीको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 

पाँचथरको मिक्लाजुङ–७ घर भई ललितपुर बस्ने ३७ वर्षीय सुनील राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

उनको ७५ वटा बैंक खाता र १२८ वटा इ–सेवा वालेट रहेको प्रहरीले जनाएको छ। विभिन्न व्यक्तिको नाममा बैंक खाता तथा इ-सेवा वालेट खोलेरसमेत उनले अवैध कारोबार गर्दै आएका थिए।

उनको मोबाइलमा बाइनान्स एपसमेत भेटिएको र त्यसमार्फत समेत ६ करोड २३ लाखबराबरको कारोबार देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीबाट ११ वटा नागरिकता, १५ वटा राहदानी र मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।